back
CTIZAN AD

तेह्रथुममा पनि बढ्दै छ व्यवसायिक किवी खेती

वि.सं.२०७४ पुस २७ बिहीवार

807 

shares

युगेश्वरी राई, काठमाडौं । पूर्वको इलामपछि तेह्रथुममा पनि किवीको व्यवसायीक खेती सुरु भएको छ ।
लालीगुँरास नगरपालिकाको लसुने, हमरजंग, छतर गाउँपालिका फाक्चामाराको मेलबोट र सुदाफ जुडीसल्लाको छेउमा झण्डै १० घर मगर परिवारले व्यवसायिक किवि खेती गर्दै आएका छन् । त्यस्तै मेलबोट शुक्रबारे बजार नजिकै पनि तीन वर्षदेखि किवी खेती गर्दै आएको पव्लिक आधारभुत विद्यालयका शिक्षक उत्तरमान लिम्बुले बताए । साथै सुदाफमा चन्द्र मादेनले पनि किवीको व्यवसायीक खेती गर्दै आएका छन् ।
लिम्बुका अनुसार मेलबोटमा उनीसहित नगेन लिम्बु, देउमान लिम्बु, दिपा लिम्बु लगायतले तीनवर्षदेखि किविखेती गर्दै आएका छन् । किवि खेतीको व्यवसायीक उत्पादन गर्नका लागि तेह्रथुमका केही स्थानका वातावरण अत्यन्तै उपर्युक्त भएको उत्तरमानले बताए ।


इलामबाट तीनवर्ष पहिले ६ सय रुपैयाँमा विरुवा ल्याएर सुरु गरिएको किवि खेती अहिले गाउँभरी फैलाउन लागिएको पनि उत्तरमानले बताए । ‘हामीले तीनवर्ष पहिले यसलाई परीक्षणका रुपमा ल्याएका थियौं’ उत्तरमानले संरान्युजसँग भने, ‘अहिले विरुवा राम्रो भएर हुर्केको छ तीनवर्षमा फल दिन्छ भनेपनि २ वर्षमै फल पनि लाग्यो एकदम राम्रो सप्रेको छ, अव गाउँभरी फैलाउने सोँचमा छौं ।’
उत्तरमानका अनुसार किविखेतीका लागि तेह्रथुम केही गाउँपालिकामा उपर्युक्त वातावरण रहेका कारण तेह्रथुममा व्यवसायिकरुपमा किविखेती अगाडि बढाउन सकिन्छ । हाल मेलबोटमा रेडकिवी पनि फलाउन थालिएको छ । रेड किवीको विरुवा हिलेको उत्तरपानीस्थित पाराहाङ तामाङको नर्सरीबाट ल्याइएको पनि उनले बताए ।
मेलबोटमा किवी फल नयाँ भएकोले व्यवसायिक रुपमा बजारमा विक्रि वितिरण नगरेको पनि उत्तरमानले बताए । ‘ यो फल नयाँ भएकोले विक्रि वितरण भन्दा पनि हामीले आउने पाहुँना र गाउँमै बाँडेर खाने गरेका छौं । अब व्यवसायीक उत्पादनमा जाँदैछौ ।’

छतर गाउँपालिकाका अध्यक्ष सन्तविर ‘सन्तोष’ तिगेलाले केही गाउँपालिकामा किविखेती गर्न सकिने भएपनि तमोरले छोएका वडाहरु सुख्खाग्रस्त र लामो समय त्यहाँ गर्मीको समयमा अन्य विरुवाहरु मर्ने भएकाले आँप लिची, अनार, मेवा, अनारलगायतका गर्मी सिजनमा उत्पादन हुने फलफुल लगाउने तयारी भइरहेको बताए ।


छतर गाउँपालिकाले सुख्खा क्षेत्रमा १० जनाको समुह बनाएर सामुहिक रुपमा फलफुल खेती गरिने बताए । उनका अनुसार यसका लागि यस आर्थिक वर्षमा छतर गाउँपालिकाले १० लाख रुपैयाँ निकासा गरेको छ ।
विदेशमा रहेका युवाहरु किवीखेतीमा आकर्षक रहेको समेत उनले बताए । कतार, मलेसिया लगायतका देशमा कार्यरत युवाहरुले अब गाउँमै फर्केर व्यवसायीक खेतीमा लाग्ने बताएको उनले बताए । ‘अब गाउँमै वातावरण बनिसकेको र देश फर्केर केही गर्न सकिने आसा उनीहरुले गरेका छन्’ तिगेलाले भने ।

 

वि.सं.२०७४ पुस २७ बिहीवार ०४:४५ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...