back
CTIZAN AD

गाउँपालिकाले थाल्यो फुसको छाना विस्थापन अभियान

वि.सं.२०७४ पुस २७ बिहीवार

804 

shares

२७ पुस, रोल्पा ।  रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै फुसका छाना विस्थापन गर्ने भएको छ ।

गाउँपालिकाको प्रथम सभाले पाँच वर्षभित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ ।

विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का वडाध्यक्ष जेडबहादुर विष्टले जानकारी दिनुभयो ।

आगलागीको अत्यधिक सम्भावना हुने र दुई÷चार वर्षको अन्तरमा छाना परिवर्तन गरिरहनु पर्ने समस्याबाट मुक्त हुन गाउँपालिकाले यस्तो निर्णय गरेको विष्टले बताउनुभयो ।

गाउँपालिकाभित्र बसोबास गर्दै आएका गरिब र विपन्नका लागि टिनको पाता सहयोग गर्ने भन्दै चालु आवमा रु एक करोड विनियोजन भइसकेको गाउँपालिकाले वताएको छ । गरिबीका कारण टिनले घर छाउन नसक्नेका लागि प्रति घरधुरी रु ५० हजार मूल्य बराबरको कर्कट पाता सहयोग गर्ने भएको छ ।

बढ्दो सुख्खा खडेरीका कारण आगलागीको प्रकोप बढिरहेको हँुदा फुसको छाना आगलागीको अत्यधिक जोखिममा रहने भएकाले गाउँपालिकाभित्रका सबै फुसका घर विस्थापित गराउने निर्णय गरेका छाँै, सुवर्णावती गाउँपालिका–३ का वडाध्यक्ष गंज क्षेत्रीले भन्नुभयो ।

यस वर्ष गाउँपालिकाभित्र पर्ने आठवटै वडाका २०० घरधुरीलाई रु ५० हजारका दरले सहयोग गर्ने क्षेत्रीले जानकारी दिनुभयो । आफ्नो वडाका २५ गरिब घरधुरी छनोटका लागि आफैँ सर्वेक्षणमा गएर वास्तविक गरिब छनोट गरिने क्षेत्रीले बताउनुभयो ।

वि.सं.२०७४ पुस २७ बिहीवार ०५:३७ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...