back
CTIZAN AD

हिमताललाई चिनाउन नयाँ पदयात्रा मार्ग खोलिँदै

वि.सं.२०७४ पुस २७ बिहीवार

933 

shares

पोखरा ।  होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ ।

पछिल्ला एक दुई वर्षयता बढी चर्चामा आउन थालेको यो ताल जिल्लाको मादी गाउँपालिका–१ स्थित समुद्री सतहबाट २४५० मिटरको उचाइमा रहेको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवद्र्धनका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान सञ्चालन गरेको थियो ।

अन्नपूर्ण दोस्रो र लम्जुङ हिमाल 

बीचबाट आउने हिमपहिरोबाट बनेको यो हिमतालले पर्यटनको अथाहा सम्भावना बोकेका कारण खोज तथा अनुसन्धान अघि बढाइएको टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाको दीपबाट पदयात्रा शुरु गरी कास्कीकै अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै कफुचे पुग्ने यो मार्ग कम्तीमा एक हप्ता लामो हुन्छ ।

पदयात्रा मार्गमा पर्ने गाउँ, पानीका स्रोत, भञ्ज्याङलगायतलाई समेटेको नक्सा बनाउन जिपिएससहितको एक टोलीसमेत खटिएको छ । केही महिनाभित्र सो मार्गको नक्सा र ब्रोसर निर्माण गरी सो मार्ग सञ्चालनको क्रम अगाडि बढाइने टान क्षेत्रीय संघ पोखराका पूर्व सचिव एवं खोज तथा अनुसन्धान अभियानका संयोजक विनय आचार्यले जानकारी दिनुभयो ।

पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ । गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली शृङ्खलाको दृष्य, कोटहरु, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता हो ।

केम्पिङ र होमस्टेमा आधारित यो पदयात्रा मार्गलाई १० दिनमा विस्तार गरी मादी गाउँपालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामून पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको पर्यटन व्यवसायी बताउँछन् ।

पदयात्रा मार्गहरु सडक मार्गको चपेटामा पर्दै जान थालेपछि वैकल्पिक मार्गका रुपमा यो मार्ग सञ्चालनको तयारी थालिएको टान वेष्टर्न रिजनल एशोसिएसन पोखराका कार्यकारी सदस्य रामचन्द्र अधिकारीले बताउनुभयो ।

वि.सं.२०७४ पुस २७ बिहीवार ०६:०४ मा प्रकाशित

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा...

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

काठमाडाैँ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ (एनडब्लुएफपीईए)...