back
CTIZAN AD

क्यालिफोर्नियामा मनाइयो पृथ्वी जयन्ती 

वि.सं.२०७४ पुस २७ बिहीवार

912 

shares
 
विजय थापा, अमेरिकाको क्यालिफोर्नियामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाईएको छ l लामो समय देखि उक्त बर्क्ली क्षेत्रमा बसोबास गर्ने समाजसेवी बुद्धिजीवि तथा समाजका अगुवाहरुले २ सय ९६ औ पृथ्वी दिवस मनाएका छन् 
 
उक्त एकता दिवस को दिनमा एक दर्जन जति बुद्धिजीवी महिला र पुरुष हरुले पृथ्वीनारायण शाहको एकिकरण तथा एकताको बारेमा बोलेका थिए l  साथै सबै जसो वक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउदै सामुदायिक भबनको चाडै निर्माण गर्नु पर्ने कुरामा सबैले जोड दिएका थिए l 
 
 उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै पूर्व पर्यटन दूत अनिल पान्डेले उक्त सामुदायिक भबन बनाउन को लागि संचालित एक सय डलरको चिट्ठा को पहिलो टिकट बिसे नगर्ची लाई सम्झि किनि सुरुवात गरेका थिए l 
 
नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै अमेरिकामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेता पनि यो वर्ष सार्वजनिक बिदा दिइएको छ l 

वि.सं.२०७४ पुस २७ बिहीवार १३:०३ मा प्रकाशित