back
CTIZAN AD

उठ !!

वि.सं.२०७४ पुस २८ शुक्रवार

1.1K 

shares

उठ !
लाशहरु चिताबाटै
जुरुक्क जुरुक्क उठ
मृत्युले छल गर्यो तिमीलाई
मृत्युलाई मारेर उठ,
संसार बाँच्नेहरूको मात्रै हुन्छ
इतिहासमा ‘नाम’ मात्र हुन्छ,
नामको इतिहासबाट
अस्तित्व थुतेर फ्याँक्नेहरूलाई
फ्याँक्नु पर्छ आजै

बडाको मृत्यु जीवन हुन्छ
तिम्रो जीवन मृत्यु हुन्छ,
मृत्युबाट जीवन साट्न
जीवन छाडेको ?
भो,
कालो मेट्न
कालो फेर्न,
आफ्नो इतिहास आफैं कोर्न
मृत्युञ्जय बनेर उठ चिता छाडेर
एकपटक इतिहासै थक्र्योस्
भूत छछल्कियोस्
मरीमरी बाँचेकाहरू !
अर्थात्
बाँचेर मरेकाहरू !

देख्यौ के ?
कोहीकोही तिमी–हामीजस्तै मान्छे,
मरेर पनि
झर्झराउँदा भएर,
बाँचिरहेका छन्

इति

वि.सं.२०७४ पुस २८ शुक्रवार ०२:१५ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले...

कविता : यो बाटो कसरी काटे होला ?

कविता : यो बाटो कसरी काटे होला ?

छविलाल कोपिला मजगाउँ, देउखुरी दाङ एक युग, एक समय यो...

कविता : भोलि उस्तै यिनै हुन्छन्

कविता : भोलि उस्तै यिनै हुन्छन्

 कलानिधि दाहाल रातोपुल , काठमाडौँ म लेखूँ जिन्दगानी यो नदेख्ने...

झिल्का कविता

झिल्का कविता

ईश्वर साउद ( भिक्षु ) रामाराेशन - ६ , अछाम...

देखियो पक्षपात / ज्येष्ठनागरिकको भावमा

देखियो पक्षपात / ज्येष्ठनागरिकको भावमा

तारा विष्ट छन्दार्पण,दाङ, हाल -मलाय आमाबाबा सबैका जनक र जननी...

कविता : प्रजातन्त्र

कविता : प्रजातन्त्र

कविराज घिमिरे,चाँगुनारायण भक्तपुर प्रजातन्त्र हाम्रो छ साँचो बिगार्ने अरू नाङ्गिँदा...