back
CTIZAN AD

आजको असुरक्षित सत्य र भोलिका कविताहरु

वि.सं.२०७४ पुस ३० आइतवार

1.1K 

shares


प्रणय–सुखको अनुभूतिमा चुर्लुम्म डुबेर
बासन्ती फूलको सौन्दर्य कवितामा पोखुँ भन्छु
अनुपम\मीठो\ नूतन शैलि खोजेर
कनकनचम्पाको सुवास छर्केर अक्षरहरुमा
मधुर कविता लेखुँ भन्छु…

अदृश्य पीडा\सुर्ता र छटपटीले मातेको हृदय बोकेर
विद्रोह र आक्रोसले सल्केको मस्तिष्क सिउरेर
कहाँ सकियो र आदर्शमय कथा\कविता रच्न
शुभ्र बादलजस्तो मुलायम गजल, मुक्तक र गीत लेख्न‘

असन्तोष र विलौनाका आलाप र अभिव्यक्तिहरु
राजनैतिक व्यंग्य र निराशाले भिजेका शव्द संयोजन नै
आजको काव्य-तत्व र कविताको मापदण्ड बनिसकेजस्तो
कस्ले सुनिदेलान् भोलिकालागि लेखिने आजका कविताहरु ?

‘सभ्यता’ (?) को संस्कारमा निस्सासिरहेको समग्र सत्यको दुर्दशा-
कविताको अभिव्यन्जना\अस्मिताभन्दा गौण हुन्छ\हुँदैन ?
प्रश्नहरुको एपिसेन्टरमा अनवरत घुमिरहेछ मथिङ्गल मेरो-
जीवनको अर्थ र प्रयोजन केकालागि ? कस्कालागि ?

मेरा पात्रहरु-
हिम-प्रदेश साइबेरियाको रुख ढाल्न उत्तर हानिएका छन्
पौरख देखाउन मलेशियाको जंगल जंगल चहार्दै छन्
घाम डुल्ने मरुभूमी र खाडी प्रदेशमा दौडिरहेका छन्
आशाको खेति गर्न पुर्खाले नदेखेको पूर्व र पश्चिम लागेका छन्

टाठाबाठा ठूलाठालूहरु-
‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ मन्त्र जप्दै
‘देश नरहे पनि कुर्सी र पद चाहियो’ भ्रष्ट शैलिमा
स्वर्गको सुखभोग गरिरहेछन्, हिजो कता थिए बिर्सिरहेका छन्

बाँकी सन्ततिहरु-
दुःख–कष्ट सहँदै सबथोक भोग्ने बानीपरेको निरिह जन
पण्डितलाई आफ्नो र देशको चिना देखाएर
सुनौलो दिन कल्पिरहेका छन् , कुरिरहेका छन्…

समय-परीक्षाको क्यानभास देख्दा लाग्छ :
परिवन्दहरुमा नजरबन्द प्रत्येक मान्छे-
पैसामा जीवन र जीवनमा पैसा साट्न
अचेत अबस्थामा बाँचिरहेका छन् वा बाँच्नका लागि मरिरहेका छन्….

दर्शन र वादका कुरा
कसले पढ्छ \सुन्छ वा मनन गर्छ ?
भच्र्युएल संसारमा बाँकि अलिकति स्वतन्त्रतारस्वासादन गर्न
२४ सै घण्टा मोबाइलसेटमा मनुवाहरू घोप्टोपरिरहेको बेला…

मान्यताहरुको कायापलट\उथल–पुथल पश्चात्
अप्राकृतिक -> प्राकृतिक ->अप्राकृतिक
अस्वाभाविक -> स्वाभाविक ->अस्वाभाविक
पाप-कर्म ->पुण्य\धर्म ->पाप \अपराध
न्याय ->अन्याय ->न्याय…

‘समयप्रुफ’ प्रतिक्रियाहरु चलिरहेका छन्
जीवनबाट अलग्याएर
बिसर्जनको अग्लो भीरबाट धकेलिएर बिस्तार बिस्तार खसिरहेको
असुरक्षित सत्य-
बाँच्छ वा बाँच्दैन भन्ने रहस्यमय जिज्ञासाको ऐठन बल्झिरहेको बेला
मभित्र समाधिस्थ कवि-
कविता किन र कस्का लागि कसरी लेख्ने सोचिरहेछु
आ-आफ्नो कुरुक्षेत्रमा लडिरहेका \ भिडिरहेका पात्रहरु फर्केका छैनन्
पाठकहरु अझै पनि असन्तोष र विरोधका कविताले अघाएका छैनन्
दुःख र आँसुका शव्दहरु जति पिए पनि प्यास नमेटिने रहेछ कि के हो
मानिसहरु चेतेका छैनन्…

असुरक्षित सत्यको दयनीय अस्तित्व-
मानिसको आस्था र विस्वासमा रित्तिएको अप्रिय दृश्य
चुपचाप हेरिरहन विवस रमिते कवि-
यो संसारलाई एउटा बृहत् नाट्यशाला देखिरहेछ

हिजो आजको यो असमन्जस परिवेशभित्र
आफूभित्रको शुन्यतालाई पूर्णता सम्झेर उठिरहेछु
असन्तोष, बिलौना, आक्रोस र निराशाको पुरातन काव्य-शृंखलापारि
सत्यको धरातलमा पुन : मान्छे ब्युँझाउन सिसिफस बाँचिरहेछु…

इति

वि.सं.२०७४ पुस ३० आइतवार ०३:०९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

शम्भु गजुरेल, सिन्धुली १) सम्झाउन साह्रै गाह्रो तर सबैभन्दा त...

कविता : पाँच शब्द

कविता : पाँच शब्द

भुवन शिवाकोटी चौघरे,काठमाडौँ शून्य सबै शून्य छ तिमी विना सबै...

कविता : माया टाढाको जून

कविता : माया टाढाको जून

शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ माया साँच्चै टाढाको जून जस्तै...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...

कविता : अन्तिम पाना

कविता : अन्तिम पाना

भुवन शिवाकोटी चौघरे,काठमाडौँ लेख्दा लेख्दै मन छोयौ मनभित्र झन भित्र...