back
CTIZAN AD

रोजाई

वि.सं.२०७४ माघ ३ बुधवार

1.3K 

shares

सुन्छु हल्ला मेरो बाटो काडे तारले बार्यौ अरे ।
खोज्दै आउला भन्ने डरले अन्तै डेरा सार्यौ अरे ।।
सत्य कुरा पत्ता लाउन आकै थिएँ तिम्रो शहर ।
तर तिमीले स्वयम आफ्नै परिचय फेरेयौ अरे ।।

जति दुःख देउ तिमी मैले पराई कैले ठान्ने छैन ।
खोजिरहन्छु सधै तिमीलाई हार कैले मान्ने छैन ।।
आरोप जति लगाउ तिमी आशिर्वाद नै ठान्छु मैले ।
तर मैले तिम्रा लागि तुच्छ वचन बोल्ने छैन ।।

तिम्रो भलो चिताइरहन्छु खुट्टा कैले तान्ने छैन ।
आफ्नो ठानी फर्की आए झन्झट कैले मान्ने छैन ।।
तिम्रो सामु उभिएर हाइ भन्न न सके नि ।
तर तिमीलाई टेडो नजर बनाई कैले हेर्ने छैन ।।

जीवन हाम्रो सङ्घर्ष हो थाक्ने कुरा गर्दिन म ।
दुनियाँ ले जे जे भनोस कसैको भर पर्दिन म ।।
तिम्रा पनि पाइलाहरु सधै अघि बडिरहुन ।
तर तिम्रो रोजाईको बाटो बन्द गर्दिन म ।।

वि.सं.२०७४ माघ ३ बुधवार ०२:१३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...

कविता : आमा

कविता : आमा

विदुर अधिकारी, रामपुर,चितवन . बनेर आमा सुरम्य माथा,चुमी बढायौ यहीँ...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले...

कविता : यो बाटो कसरी काटे होला ?

कविता : यो बाटो कसरी काटे होला ?

छविलाल कोपिला मजगाउँ, देउखुरी दाङ एक युग, एक समय यो...

कविता : भोलि उस्तै यिनै हुन्छन्

कविता : भोलि उस्तै यिनै हुन्छन्

 कलानिधि दाहाल रातोपुल , काठमाडौँ म लेखूँ जिन्दगानी यो नदेख्ने...