back
CTIZAN AD

काभ्रे सेवा समाज मलेसियाको अध्यक्षमा तामाङ

वि.सं.२०७४ माघ ३ बुधवार

807 

shares

रोजगारीको लागि काभ्रे जिल्लावाट मलेसिया पुगेका काभ्रेलीहरुले उर्गेन थोकर तामाङको नेतृत्वमा काभ्रे सेवा समाज मलेसिया गठन गरेका छन् ।

क्वालालम्पुरमा पासाङ पाख्रीन तामाङको संयोजकत्वमा बसेको बैठकले काभ्रे सेवा समाज मलेसिया गठन गरेको हो ।
समितिको अध्यक्षमा उर्गेन थोकर तामाङ, उपाध्यक्षमा ज्ञानु मोक्तान तामाङ र रमित लामा रहेका छन् ।यसैगरी कोषाध्यक्षमा पासाङ पाख्रिन तामाङ, महासचिवमा दावा घिसिङ तामाङ,सचिवमा श्यामथिङ तामाङ रहेको छन् ।

सदस्यहरुमा दलबहादुर तामाङ,भोजकुमार दोङ, सोनम मोक्तान, राजु तामाङ, अतित तामाङ, रोहित वाईबा, भिमराज लामा, संग्रम मोक्तान, फूलकुमार तामाङ, जिरण तामाङ,चक्र तामाङ, मनु तामाङ, लाक्पा तामाङ, जगतसिं तामाङ, कोष बम्जन तामाङ रहेका छन् ।
कमिटीको सल्लाहकारमा अम्बरबहादुर तामाङ र संसार लामा घिसिङ रहेका छन् । सबै काभ्रेलीहरुलाई सकेसम्म समेटेर सम्पूर्ण प्रक्रिया पूरा गरी गैरराजनीतिक,गैरनाफामूलक एक विशुद्ध सामाजिक संस्था गठन गरिएको समाजका महासचिव तामाङले बताए ।

वि.सं.२०७४ माघ ३ बुधवार ०२:३३ मा प्रकाशित