back
CTIZAN AD

धनकुटा सेवा समाज युकेमा नयाँ नेतृत्व चयन

वि.सं.२०७४ माघ ३ बुधवार

891 

shares

 धनकुटा सेवा समाज युकेले पूर्ण कुमार लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा तेज पुलामी र यान बहादुर गुरुङ, महासचिवमा मान प्रसाद लिम्बु, सचिवमा जितेन्द्र चेम्जोङ, कोषाध्यक्षमा शुक्र लिम्बु, सहकोषाध्यक्षमा मदन राई, पब्लिक रिलेशनमा शशी थापा, मनोरन्जन विभागमा चन्द्र राई, सदस्यमा धिरेन्द्र चेम्जोङ र नयन लिम्बु चयन भएका छन् भने महेन्द्र लिम्बु, वेनिन्द्र लिम्बु, धन रोगु, अमर राना, हर्कबहादुर गुरुङ, विश्वासदीप तिगेला र रन बहादुर मगर सल्लाहकारमा चयन भएका छन् ।

अल्डरसुटको भेटघाट रेष्टुरेन्टमा ६ जनवरीका दिन आयोजित अधिवेशनमा महेन्द्र लिम्बु, रन बहादुर राना र विश्वास दीप तिगेला रहेको निर्वाचन आयोगले नयाँ नेतृत्व घोषणा गरि सफथ गराएको थियो ।

धनकुटा सेवा समाजले सन् २००७ देखि धनकुटा प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ भने उक्त कोषमा ५ लाख ७५ हजार संकलन भएको जानकारी दिईएको थियो । नयाँ नेतृत्वको समयावधि २ बर्षको हुनेछ ।

वि.सं.२०७४ माघ ३ बुधवार ०२:३५ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...