
३ माघ, काठमाडौँ । लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा एक नेपाली प्रहरी कारबाहीमा मारिएका छन् ।
इण्डोनेसियन न्यूज पोर्टल सिण्डो न्यूजका ३४ वर्षिय शरणकुमार तामाङ प्रहरी कारबाहीमा मारिएका हुन् ।
उनको साथबाट ५२ ग्राम लाागू औषधसमेत बरामद गरिएको छ । पक्राउ परेपछि भाग्न खोज्दा प्रहरीले गोली चलाएको बताइएको छ।
गोली लागेर गम्भीर घाइते भएका तामाङलाई तत्काल अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत घोषित गरेको समाचारमा उल्लेख छ।