Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

हामेशको बहिर्गमनले रियल म्याड्रिले गुमाएका यी पाँच चीज

विक्रम सापकोटा


४ माघ, काठमाडौँ । यति बेला स्पेनिश क्लब रियल म्याड्रि ईतिहासकै खराब लयबाट गुज्रिदै छ भने उता रियलमा प्रयाप्त खेल्ने समयको अभावको कारण रियल छाडेर जर्मन क्लब बार्यन म्युनिख पुगेका मिडफिल्डर हामेश रोड्रिग्वेज फुटबल करियरकै राम्रो लयमा छन् । हामेश रोड्रिग्वेजको बहिगर्मन मात्र रियलको खराब सिजनको कारण नहोला तर फुटबलमा एकजना खेलाडीको उच्च प्रदर्शनले पनि पुरै टिममा सकरात्मक प्रभाव भने अवश्य आउने छ ।
हामेशको बहिगर्मनले गुमेका यी पाँच चीज
१ गोल तथा गोलको लागि अन्तिम पास
यति बेला रियलको अग्रपंक्ति तथा मिडफिल्ड गोलको खडेरीबाट थला परेको छ । तर हामेश रोड्रिग्वेज रियलमा हुदाँ उनको गोल तथा तथ्याङक हेर्ने हो भने निकै लोभ लाग्दो छ । तीन सिजन रियलमा बिताएका हामेशले पहिलो सिजन १७ गोल तथा १८ सहयोग गरेका थिए । यस्तै दोस्रो सिजनमा ८ गोल तथा १० सहयोग गरेका थिए भने गत सिजनमा उनले ११ गोल गर्नुको साथै १३ सहयोग गरेका थिए ।
शक्तिशाली देब्रे खुट्टा
रियल म्याड्रिडमा हामेशले देब्रे खुट्टाको निकै चर्चा चल्ने गथ्र्यो । उनले लेफ्ट फ्ल्यांक बाट बललाई छलाउदै गोल लाईन तिर अगाडी बढ्दा जो सुकै डिफेन्डरलाई रोक्न हम्मे परेको छ । उनको बहिगर्मनको घाटा सबैभन्दा धेरै रोनाल्डोलाई परेको छ । कारण हो हामेशको गोलका लागि पाउने सहयोगको अभाव ।

हामेशको व्यवहार
फुटबलमा कुनै पनि खेलाडीको मैदानमा देखाईने प्रदर्शन जत्तिकै उसको मैदान बाहिरको व्यवहार पनि महत्वपुर्ण हुन्छ । उनले मैदान बाहिर देखाउने उच्च आँचरण मिलनसार व्यवहार उनी सबैमाझ लोकप्रिय थिए । यस भुमिकामा डिफेन्डर पेपे पनि उत्तिकै मिलनसार थिए । उनको बहिगर्मनका कारण ड्रेसिङ रुममा एक खालको शुन्यता छाएको छ ।

खेल प्रभाव
गत सिजन रियलको उच्च प्रदर्शनको मुख्य कारण थियो प्रशिक्षक जिनेदिन जिदानको रोटेशन शैली । उनको टिममा पहिलो दर्जाका खेलाडीले प्रदर्शन गर्न नसक्दा पनि बेन्च टिमले निकै राम्रो प्रदर्शन गरेका थिए । यस भुमिकामा मोराटा तथा हामेश निकै अब्बल थिए । कतिपय खेलमा हामेश एक्लैले नतिजा उल्टाईदिएका थिए । जुन कुराको अभावमा रियल खड्किरहेको छ ।

पुर्ण अट्याकिङ मिडफिल्ड

हामेशको बहिगर्मनले रियलले एक जना प्रतिभावान आक्रामक मिडफिल्डर गुमाएको छ । उनको भुमिकामा अहिले खेलिरहेका इृस्को तथा एसेन्सियोले उनको अभाव पुर्ति गर्न सकेका छन् । मध्यपंक्तिमा निकै राम्रो खेल्ने हामेश आवश्यक पर्दा डिपमा पनि पुग्थे जसले क्लबको प्रदर्शनलामई सन्तुलनमा ल्याएको थियो । जुन कुराको अभावबाट रियल म्याड्रिड खड्किरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्