back
CTIZAN AD

अखिल शिक्षक संगठनमा मिया

वि.सं.२०७४ माघ ४ बिहीवार

987 

shares

४ माघ, काठमाडौँ (रासस) : एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौँ जिल्ला सम्मेलनले कमालद्दीन मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ ।

आज भएको पाँचौ जिल्ला सम्मेलनबाट मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको सचिव कृष्णराम कट्टेलले जानकारी दिनुभयो । समितिका वरिष्ठ उपाध्यक्षमा नानीराम सापकोटा, महिला उपाध्यक्षमा कल्पना पनेरु, उपाध्यक्षमा मचाभाइ महर्जन, मधुसूदन रेग्मी र प्रवीण न्यौपाने, सचिवमा कट्टेल, अर्थ सचिवमा सञ्जीवकुमार सिंह तथा सहसचिवमा अमृता मजाकोटी, राजु खत्री र जगप्रसाद तिवारी निर्वाचित हुनुभएको छ ।

सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले नेपालको सार्वजनिक शिक्षामाथि चौतर्फी हमला भइरहेकाले देशभक्ति र गणतान्त्रिक शिक्षकहरु त्यसको बचाउमा लाग्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रका काठमाडौ इन्चार्ज लेखनाथ न्यौपानेले शिक्षकले बढी राजनीति गर्ने र राम्रोसँग नपढाएकै कारण सार्वजनिक शिक्षा कमजोर बन्दै गएकाले शिक्षकहरु अब गुणस्तरमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष रमेश रुपाखेती, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर अधिकारी र राष्ट्रिय शिक्षक संगठन काठमाडौँका अध्यक्ष यादव पौडेलले वामपन्थी शिक्षकको एउटै साझा मञ्च बनाएर एकीकृत रुपमा शैक्षिक विकासमा लाग्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७४ माघ ४ बिहीवार १५:२८ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...