back
CTIZAN AD

राम्रो खेल्न भन्दा पनि जित्न चाहान्छौँ – राफेल भारान

वि.सं.२०७४ माघ ५ शुक्रवार

972 

shares

५ माघ ।  रियल म्याड्रिडका डिफेन्डर राफेल भारानले आफुहरुको खेलमा राम्रोपन भन्दा पनि आफुहरुले खेलका हरेक खेलमा जित निकाल्न सकियोस भन्ने आफुहरुको मान्यता रहेको बताएका छन् ।

स्पेनिश कोपा डेल रे अन्तर्गत हिजो राति लेगानेसलाई १ – ० गोल अन्तरले पराजित गर्दै भारानेले फुटबलमा जति नै सुकै राम्रो खेल पस्के पनि त्यसले  नतिजा दिन् सकेन् भने त्यसको अर्थ नहुने बताए । उनले भने “हामीले अरु  दिन भन्दा खराब प्रदर्शन ग¥यौ तर पनि हामीले जित निकाल्यौँ फुटबलमा यसले ठुलो महत्व राख्दछ ।”  उनले यो सिजन आफुहरु राम्रो खेलेतापनि नतिजा आफ्नो पक्षमा नआएको बताए । उनले आफुहरु सिजनमा नराम्रो प्रदर्शन नगरेतापनि नतिजा भने आफ्नो पक्षमा नआएको बताए ।
उनले आफुहरुले हरेक खेलमा जित्न चाहाने तथा आफ्नो विजयी यात्रालाई निरन्तरता दिन् लागि पर्ने बताए ।  हिजोको खेलमा भारानेले पहिलोपटक कप्तानको आर्मब्यान्ड लगाएका थिए ।

वि.सं.२०७४ माघ ५ शुक्रवार ०७:५१ मा प्रकाशित