५ माघ, कलैया (रासस) । पचरौता नगरपालिकाका वडाअध्यक्ष जगतप्रसाद यादवले आर्थिक वर्ष २०७४-०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज रु ३० करोडको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।
नवनिर्वाचित सांसद रामबाबुकुमार यादवले बारा पचरौता नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै नगरको विकास स्थानीय जनताको सहयोगबाट हुनेहुनाले यसतर्फ सबैको सहयोग हुन जरुरी रहेको बताए ।
पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादवको सभापतित्वमा भएको सभामा विधायक बच्चा राउत अहिर, नगरपालिकाका प्रशासकीय अधिकृत मुकेशकुमार चौरासियाले नगरको विकास निर्माणबारेमा विचार व्यक्त गरे।