back

सङ्कल्प

वि.सं.२०७४ माघ ६ शनिवार

387 

shares
NTC AD
Global IME AD

आमा
तिमी सधैं भन्छ्यौं,
तेरो समाज सेवाले के गर्यो र ?
तैंले गरेको अरुप्रतिको चिन्ताले के गर्यो ?
बरु नेता बन् न !
नेता भएपछि सबैको हाई–हाई
सबैको मानमनितो
प्रतिष्ठा पनि, रातारात अथाहा सम्पत्ति पनि

मेरी आमा !
त्यसैले त म नेता बन्न सक्तिन
नेताहरुको पङ्तिमा उभिन चाहन्न
अनि आमा !
म कुर्सीका लागि त झनै लालयित छैन ।
आमा,
त्यो कुर्सी कस्तो हो तिमीलाई थाहा छ ?
त्यो कुर्सी
त्यो कुसी मेरा, तिम्रा अनि हाम्रा लागि होइन् आमा
न त त्यो सिद्धान्तको राजनीति गर्नेहरुका लागि नै
त्यो कुर्सी त केवल आफ्नो परिवारको
अनि सम्बन्धको आर्थिक पोषणका लागि हो

मेरी आमा !
तिमीले देखेकै छौ नि
समाचारमा दिनदिनै पढेकै छौ नि
अनि सामाजिक सञ्जालमा मैले देखाएका
अनगिन्ति त्यस्तै घटनाहरु थाहा पाउँदा
तिमी कतिदिन त मसँगै रोएकी छौ
शीरदेखि पाइतालासम्म देश दुखेकी छौ
मुटुमा देब्रेपटि अनगिन्ति भक्कानाहरू
दिमागसम्म उम्लिएका ज्वाराभाटाहरू
पोख्नु भने यो देशमा बन्दरगाह बन्छ

जाजरकोटमा सिटामोल नपाएर मरेका
सप्तरीमा चिसोले कठ्याङ्ग्रीएर मरेका
अनि आमा,
कर्णालीका गाउँ–गाउँमा
कुपोषणले मरेका बालबालिका
अनि छिमेकीले छातिमा ठोकेको किलाको
पीडा सहेर मुस्कराएरै बाँचेकाहरु
हो, आमा वास्तविक देश त्यहीं छ
जहाँ
दैनिक हण्डर ठक्कर खाएर
यो माटोको रक्षा खातिर
बाँचेका उनीहरु नै मेरा नेता हुन्
मेरा लागि उनीहरु नै सच्चा नेपाली हुन्
त्यहाँ तिमीले देखेको वैभव पनि छैन
र मरे पछि नर्क जाने दुख पनि छैन

आमा !
तिमीलाई थाहा छ किन मैले उनलाइ नेता माने ?
हो आमा,
उनीहरु नै मेरा हुन् अनि उनीहरु नै नेता हुन्
किनकी विना स्वार्थ उनीहरु माटो खोस्रेर
मुस्कुराउँदै आधा वर्ष नै खान पुगे पनि
उनीहरु मुस्कान सहित बाँचेका छन् ।
हो आमा उनीहरु नै मेरा लागि देश हुन्
उनीहरुकै लागि बाँच्नु छ मैले
कोशिष गर्नुछ जीवनभर, उनीहरुकै हितमा लाग्न
बाँचुन्जेल उनीहरुको सुख दुःखमा सँगै रहने

माफ गर आमा,
मलाई तिमीले भनेको जस्तो नेता बन्नु छैन
जसले स्वार्थ भन्दा माथि उठ्नमात्र पनि
अरू धेरै पटक जन्मिनु पर्छ
जसले देश र राजनीति बुज्न पनि
छिमेकीको दिमाग लगाउनु पर्छ
जसले जन्मभूमि रक्षाका नाममा पनि
यो देशलाई दुशासन सामु द्रौपदी बनाउनु पर्छ
जसले यहि देशका जनताको पसिना चुश्न पनि
नेपालीहरूलाई मन्द मृत्युमा होमिरहनु पर्छ
त्यसैले आमा,
मेरो सङ्कल्प भयो
मलाई जीवन भर त्यस्तो नेता बन्नु छैन्

इति

वि.सं.२०७४ माघ ६ शनिवार ०२:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

कविता : म वंशज नेपाली

कविता : म वंशज नेपाली

स्पन्दन विनोद दधिकोट, भक्तपुर, हाल- लण्डन, यूके बुबा भन्नु हुन्थ्यो...

कविता : धरातल ढलेपछि

कविता : धरातल ढलेपछि

यम रेग्मी, दाङ गर्ल्याम्म ठूला सतिसाल ढल्छन् चुर्लुम्म अग्ला हिलशैल...

कविता : कर्म गरौँ

कविता : कर्म गरौँ

दीनानाथ पोख्रेल, इलाम सरल कर्मको गीत गाउँदा । अटल सौख्यमा...