बेलायतमा रहेका एक नेपालीको मृत्यु भएको छ । बेलायतमा विगत दुई दशक देखि रहँदै आएका गुल्मी घरभइ रुपन्देहीका भरत थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
बेलायतको क्याम्बर्लीमा रहँदै आएका थापाको १९ जनवरीका दिन बेलायतको फ्रिमली पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष तथा हालका सल्लाहकार ओम प्रसाद काउचाले संसारन्युज डटकमलाई जानकारी दिएका छन् ।
बेलायतका मगरहरुको अग्रज रहेका ५९ वर्षीय थापाको असामयिक निधनले सबैलाई मर्माहत बनाएको भन्दै उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको पनि काउचाले बताएका छन् ।