back
CTIZAN AD

निकासी नहुँदा करोडौँको अदुवा थन्कियो,सडकमै अदुवा राख्न बाध्य किसान

वि.सं.२०७४ माघ ६ शनिवार

807 

shares

६ माघ, तेह्रथुम । निकासीमा समस्या आएपछि तेह्रथुममा उत्पादित अदुवा त्यतिकै थन्किएको छ ।

निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र किसानको बारीमै थन्किएको हो । विर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा केही दिनयता निकासी हुन छाडेपछि जिल्लाका गाउँगाउँबाट संकलन भएको अदुवा व्यापारीले अटेसम्म गोदाममा र नअटेको सडक पेटिमै थन्काएका छन् ।

चार दिनयता निकासी हुन बाँकी रहेको करोडौँ रुपैयाँको अदुवा सदरमुकामको म्याङलुङ बसपार्क नजिकै सडकमै राखिएको छ । निकासी ठप्प भएपछि जिल्लाबाट समेत अदुवा लिएर जान नपाएको व्यापारी अमृत निङ्लेकुले बताए । उनले भने, “भन्सारमा अदुवा छिराउन पाइएकै छैन, त्यसैले यहाँ हामीले संकलन गरेको अदुवा त्यतिकै थन्किएको हो ।”

आफूसँग भएका सबै गोदाम भरिएर बाँकी रहेको अदुवा सडकमै भए पनि थुपारेर राख्नुपरेको उनले बताए । व्यापारी निङ्लेकुले सिंहवाहिनी अलैँची, अदुवा तथा जडीबुटी संकलन केन्द्रबाट समेत अदुवा, अलैँचीको संकलन गरी कारोबार गर्छन् । साता यतामात्र अदुवा निकासी ठप्प हुँदा जिल्लामा करोडाँैँको अदुवा त्यतिकै थन्किएर बसेको उनले बताए ।

“अदुवा निकासी रोकिएपछि कारोबार ठप्प छ, हामीले गाउँबाट समेत माल उठाउन पाएका छैनौँ” उनले भने किसानले व्यापारीले लैजाने भनेपछि खनेर तयार पारेका अदुवाको बोरा गाउँगाउँमा पुगेका कृषि सडकका डिलमा त्यतिकै लडिरहेका छन् । खनेपछि अदुवा बिग्रिने भएकाले किसानलाई चिन्ताले सताउन थालेको छ भने व्यापारी पनि लगानी डुब्ने त्रासमा छन् ।

सडक पुगेपछि गाउँका किसानले बारीबाट खनेर तयार गरेको अदुवा व्यापारीलाई पठाउन सडकपेटिमा निकालेका छन् । अब ती सडकबाट व्यापारीले काँटा गरेर किसानबाट अदुवा खरिद गर्छन् । तर अदुवा निकासी ठप्प भएपछि नआउने हुन् कि भन्ने चिन्ताले सताएको म्याङलुङ नगरपालिका–८, आम्बुङकी कोमलमाया लिम्बूले बताइन् ।

“अदुवा खनेर रोडमा निकालियौँ तर उता जानै छाड्यो रे, त्यसैले व्यापारीले लगेका छैनन्” उनी भन्छिन् “अदुवा राख्दाराख्दै बिग्रिने हो कि भन्ने चिन्ता छ ।” अदुवा भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा सडकपेटिमा राख्नुपरेको गुणासो व्यापारी दुर्गा भण्डारीको छ ।

“अदुवा निकासी ठप्प छ, अहिले यताबाट लगेको अदुवा कसैले लिदैनँ,” उनी भन्छन्, “निकासी ठप्प भएपछि गाउँमा लोड भएका गाडी यहाँ ल्याएर खाली गर्नुपर्छ, भण्डारण गर्ने ठाउँ छैन, त्यसैले सडकमै राख्नु परेको छ ।” सडकपेटिमा अदुवा थुपारेर राख्नुपर्दा आफूहरुलाई दैनिक हजारौँ रुपैयाँ घाटा रहेको उनले बताए । अदुवाका बोरा काटेर अदुवा चोरीसमेत हुने गरेको छ ।

गाउँमा भने अदुवाका बोरा खुला ठाउँमा राखेपछि चोरी हुँदैन । “गाउँमा अदुवा चो¥यो भने सन्तान प्राप्ति नहुने किंवदन्ती छ, त्यसैले अदुवा कसैले चोर्दैनँ,” उनले भने, “तर बजारमा चाँहि दैनिक पाँच केजी बढी अदुवा हराउँछ ।” बसपार्क नजिकै थुपारिएको करोडौँको अदुवाबाट दैनिक पाँच÷सात केजी बढी अदुवा नास भएर गइरहेको व्यापारीले बताए ।

बारीमा खनेर निकालेपछि धेरै दिन राख्दै जाँदा अदुवाको तौल पनि घट्ने गरेको छ । खनेर बोरामा थन्काएको अदुवाको तौल घट्ने र कम मात्रै आम्दानी हुने किसानलाई चिन्ता छ । व्यापारी पनि किसानबाट किनेको अदुवा किनेको भन्दा धेरै तौल कम भइदिएला कि रु भन्ने पीरमा छन् । यसरी धेरै समय खुला ठाउँमा भण्डारण गरेर राख्नुपर्दा १० प्रतिशत तौल कम हुने व्यापारी बताउँछन् ।

“अदुवा भण्डारणका लागि कोल्डस्टोर चाहिन्छ, तर हामी कहाँ त्यस्तो सुविधा छैन” व्यापारी भण्डारीले भने “त्यसैले किनेर दुई दिनमात्रै खुला ठाउँमा राखे पनि १० प्रतिशत बढी घाटा हामीले बेहोर्नुपर्छ ।” अदुवा समयमै बिक्री गर्न नसके त्यही उम्रिनेसमेत उहाँले बताउनुभयो । जिल्लाका बजारमा अहिले अदुवा प्रतिकेजी रु १८ देखि २० का दरले कारोबार भइरहेको छ ।

विगतभन्दा खेतीको क्षेत्रफल र उत्पादन झण्डै दोब्बरले बढे पनि मूल्य नबढेपछि किसान अदुवा खेतीप्रति निराश छन् । वर्षेनी अदुवाको मूल्य र बजारमा समस्या देखिन थालेपछि किसान यसप्रति निराश बन्दै गएका आठराई गाउँपालिका–५, छातेढुंगाको भित्रिया अदुवा उत्पादक कृषक समूहका अध्यक्ष सोमनाथ आचार्यले बताए । किसानले अदुवाखेतीको विकल्पसमेत खोज्न थालेका उहाँले बताउनुभयो । गत वर्ष जिल्लामा २६० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत हो । अदुवा किसानका मागलाई सरकारले सम्बोधन गर्न नचाहेका कारण यसको खेतीप्रति किसान निराश हुनु परेको अदुवा व्यवसायीको भनाइ छ ।

अदुवा किसानमा प्राविधिक ज्ञान सीपको कमी रहेको फेदाप गाउँपालिका–३, जलजलेका किसान तुलसी कोइरालाले बताऐ । उनले भने, “किसानलाई खेती प्रविधिको ज्ञान छैन, कृषि कार्यालयले पनि धानखेतीका विशेषज्ञलाई अदुवाखेतीबारे काम गर्न पठाउँछ ।” अदुवाखेतीकै लागि बैंकले ऋण नदिने, अदुवाखेतीको बीमाको व्यवस्था नहुनु, बजार अनिश्चित हुनु, अदुवा किसानप्रति सरकार अनुदार देखिनु, कृषि क्षेत्रप्रति स्थानीय सरकार पनि प्रतिकूल हुनुजस्ता समस्याका कारण यसको खेतीबाटै विस्थापित हुने अवस्था आएको किसानको गुनासो छन् ।

वि.सं.२०७४ माघ ६ शनिवार १०:५० मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...