back
CTIZAN AD

प्रत्येक दिन थपिँदै १२० नयाँ क्षयरोगी

वि.सं.२०७४ माघ ६ शनिवार

861 

shares

६ माघ, भक्तपुर  ।  नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।

क्षयरोगबारे वकालत गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुईदिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगीमध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले बताउनुभएको हो ।

उहाँका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखा पर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ ।

नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या एक हजार १०० रहेको केन्द्रको अनुमान छ । जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् । छ सयभन्दा धेरै सम्पर्कमै आएका छैनन् ।

यो रोगका बिरामीको अवस्थाअनुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा आशिष श्रेष्ठले बताउनुभयो । इन्टेन्सिफ चरणअन्तर्गत नयाँ बिरामीको दुई महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि चार महिनासम्म उपचार गरिन्छ । क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने गर्छ ।

केन्द्रका अनुसार डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबी रोगीको उपचार निःशुल्क हुने गरेको छ भने नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर रहेको छ ।

नेपालमा सर्ने रोगको जोखिममा क्षयरोग पहिलो स्थानमा रहेको केन्द्रको भनाइ छ । जसमा क्षयरोगीको यकिन तथ्यांक संकलन गर्न केन्द्रले राष्ट्रिय पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत राष्ट्रिय सर्वेक्षण शुरु गरेको छ ।

यही जनवरी १ देखि देशभरका ९९ वटा क्लस्टरमा शुरु गरिएको सर्वेक्षणको नतिजा सन् २०१९ को अन्त्यसम्म आउने केन्द्रका निर्देशक केसीले जानकारी दिनुभयो ।

सर्वेक्षणले नेपालमा रहेका क्षयरोगीको यकिन तथ्यांक पत्ता लाग्नुका साथै दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३५ सम्ममा नेपालबाट क्षयरोगको निवारणका लागि मार्गनिर्देशन गर्न महत्वपूर्ण भूमिका खेल्ने केन्द्रका निर्देशक केसीले बताउनुभयो ।

यसका लागि मुलुकभरबाट खकारको नमूना संकलन गरी रोगको परीक्षण गर्ने, जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तहसँग समन्वय गर्ने र आमनागरिकले बुझ्ने गरी क्षयरोगको प्रचारात्मक अभियान सञ्चालन गर्ने नीति लिइएको केन्द्रले जनाएको छ ।

विश्वमा सबैभन्दा धेरै क्षयरोग लागेका मानिस चीन र दोस्रोमा भारत भएकाले नेपाल यी दुई देशको छिमेकी भएकाले पनि क्षयरोग संक्रमणको उच्च जोखिममा रहेको केन्द्रको दाबी छ । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ (एसटिआर) समेत शुरु गरेको छ । बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएको केन्द्रले पहिलो चरण चार महिना र दोस्रो चरण पाँच महिनाको उपचार शुरु गरेको हो । डा केसीले पहिलो चरणमा सुईसहित छ प्रकारका औषधि र दोस्रो चरणमा चार प्रकारका औषधि प्रयोग गरिने बताउँदै यो विधि हाललाई फोक्सोका क्षयरोगीलाई मात्र उपयोग गरिनेछ ।

केन्द्रले नौ महिने छोटो अवधि उपचार विधि हाललाई मुलुकका काठमाडौँ, विराटनगर, बुटवल र नेपालगञ्जबाट शुरु गर्न लागेको छ । साविकमा क्षयरोगीलाई बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएकामा धेरै औषधिको मिश्रण गरेर २० देखि २४ महिनासम्म उपचार गर्नुपर्दा औषधिको नकारात्मक प्रभाव, औषधिले उत्पन्न गर्ने विषाक्तता, बिरामीलाई उपचार केन्द्रसम्म आवतजावत गर्दा पर्न आउने कठिनाइसमेतलाई ध्यानमा राखेर एसटिआर विधि उपयोगमा ल्याइएको डा केसीको भनाइ छ ।

यो विधि अपनाउने नेपाल विश्वको ३५औँ मुलुक हो । क्षयरोगलाई विश्वबाट सन् २०५० सम्ममा उन्मूलन गर्ने विभिन्न निकायको तयारीमा सबै निकायले साथ दिनुपर्ने देखिन्छ ।

वि.सं.२०७४ माघ ६ शनिवार १३:१४ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...