back
CTIZAN AD

शीतलहरले जनजीवन कष्टकर

वि.सं.२०७४ माघ ७ आइतवार

648 

shares

७ माघ, औधापुर, बारा ।   कलैया उपमहानगरपालिका–२ औधापुरकी कुन्तीदेवी यादवको २७ दिनदेखिको दैनिकी आगो तापेरै बित्ने गरेको छ ।

शनिबार उक्त बस्तीमा पुग्दा उनी मात्र होइन उनीजस्तै बस्तीका सबै आगो तापेरै दिन काट्दै थिए । पच्चीस दिनदेखि घामको मुख देख्न नपाएका उनीहरू यस वर्षको शीतलहर धेरै वर्षपछि लामो समयसम्म चलेको बताउँछन् ।

औधापुर–२ का सञ्जय शास्त्रीले भन्नुभयो, “विगत वर्षहरूमा दुई तीन दिन शीतलहर चलेपछि घाम लाग्थ्यो, यसपालि लगातार २५ दिन भइसक्यो, घाम लागेको छैन ।” शीतलहरका कारण बस्तीमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । जाडो बढेसँगै विद्यालय करिब १० दिनका लागि बन्द गरिएकामा आजदेखि खुलेका छन् ।

स्थानीय प्रशासन र स्थानीय तहले शीतलहर पीडितलाई केही न्यानो कपडा तथा आगो ताप्न दाउराको प्रबन्ध मिलाए पनि पर्याप्त छैन । कलैया उपमहानगरपालिका–२ का वडाध्यक्ष राजेश मण्डलले वडाका अतिविपन्न परिवारलाई करिब १५० घरपरिवारलाई न्यानो कपडा र कम्बल वितरण गरिए पनि त्यो पर्याप्त नभएको बताउनुभयो ।

उहाँले जाडाबाट बच्न स्थानीय चोक चोकमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । तीन सातादेखि एक्कासि चिसो बढ्नाका साथै शीतलहर र बाक्लो कुहिराले आकाश छोप्नेक्रम नरोकिएपछि औधापुरलगायत तराईका जिल्लामा घाम देख्न मुश्किल पर्छ । “पुस माघ महिनामा तराईमधेशमा शीतलहर हुन्छ भन्ने सरकारलाई थाहा छ र त्यहाँको जनजीवन कष्टकर हुन्छ भन्ने पनि सरकारलाई अवगत नै छ, तर सरकारले यसबारे बेलैमा सतर्कता नअपनाउँदा प्रत्येक वर्ष मानवीय क्षति हुने क्रम रोकिएको छैन”, शास्त्री भन्नुहुन्छ ।

चिसोसँगै बहने सिरेटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घर संरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, विषमज्वर, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । चिसो अत्यधिक बढेपछि स्थानीयवासी आफ्ना टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापी बसेको देख्न सकिन्छ ।

तराईमा चिसाका कारण ज्यान जाने नियमित प्रक्रिया जस्तै भएको छ । सरकारले चिसो र शीतलहर प्रभावितलाई जोगाउन बेलैमा सतर्कता नअपनाउँदा बर्सेनी शीतलहरबाट तराईका जिल्लामा धेरैको ज्यानसमेत जाने गरेको छ ।

वि.सं.२०७४ माघ ७ आइतवार ११:५१ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...