back
CTIZAN AD

शेयर खरिद गर्न उक्साएको भन्दै कारबाही

वि.सं.२०७४ माघ ८ सोमवार

612 

shares

८ माघ, काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डले गलत तवरले शेयर खरिद गर्न उक्साएको भन्दै प्रज्ञान सेक्युरेटिजलाई रु ७५ हजार जरिवाना गरेको छ ।

बोर्डले  आइतबार जारी गरेको विज्ञप्तिअनुसार भाइबरमा सन्देश पठाएर सो कम्पनीका विराटनगर शाखा प्रमुखले सिभिल बैंकको शेयर खरिद गर्न प्रोत्साहित गरेको पाइएकाले कारबाही गरिएको हो ।

सिभिल बैंकको साधारणसभा अगावै ४० प्रतिशत हकप्रद आउने, शेयर किन्दा राम्रो छ, फाइदा गराउने जिम्मा हाम्रो भयो भन्ने आशयको भाइबरमा म्यासेज ग्रुप बनाएर जानकारी पठाएको पाइएको बोर्डको अध्ययनबाट खुलेको हो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेख राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय सञ्चालन गर्ने, व्यावसायिक आचरणमा रहनुपर्ने भएपनि त्यसो नगरेको पाइएको बोर्डको भनाइ छ ।

बोर्डले धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय सञ्चालन गर्दा आफूले पालन गर्नुपर्ने, व्यावसायिक सिद्धान्तको पालनातर्फ थप सजग गराउने र दोस्रो बजार कारोबार थप व्यवस्थित र पारदर्शी हुन सहयोग पुग्ने उल्लेख गरेको छ ।

बोर्डका अनुसार ती शाखा प्रमुखले सिभिल बैंकले ४० प्रतिशत हकप्रद शेयर दिन लागेको र शेयर किन्दा फाइदा हुने र फाइदाको जिम्मा आफ्नो भएको आशयको सूचना जारी गरेका थिए ।

संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्नुपर्नेमा यस्तो नगरेको भन्दै कारबाही गरिएको जनाएको छ ।

करिब चार अंकले घट्यो बजार

यसैबीच, नेपाल स्टक एक्स्चेञ्जका अनुसार आइतबार नेप्से परिसूचक ३.८५ बिन्दुले ओरालो लागेर एक हजार ४०२ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७६ बिन्दुले घटेको छ ।

कूल १६५ कम्पनीको १६ लाख ७६ हजार ११६ कित्ता शेयर रु ५० करोड ६१ लाख ४२ हजार ८५६ मूल्यमा कारोबार भएको हो ।

व्यापार समूह २.०२, होटल २५.३३, वित्त २.३२, उत्पादन ३०.९७, अन्य समूह १.७६ बिन्दुले बढ्दा बैंकिङ २.५७, विकास बैंक ५.१, जलविद्युत् ७.०८, बीमा ७५.९९, माइक्रो फाइनान्स समूह १२.१७ बिन्दुले ओरालो लाग्दा बजार करिब चार अंकले ओरालो लागेको हो ।

वि.सं.२०७४ माघ ८ सोमवार ०२:४४ मा प्रकाशित

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...