
८ माघ, काठमाडौं । डोल्लु तामाङ समाजले सोनाम ल्होछार मनाएको छ ।
दक्षिणकाली रिर्सोटमा आइतबार आयोजना गरिएको उक्त ल्होछार कार्यक्रम डोल्लुको दुईवटा तामाङ गुठीको सहयोगमा सम्पन्न भएको उक्त अवसरमा नायक अमृत लामा, नेपाली तामाङ् भाषाविद् अजित मान तामाङ, पन्ध्र सय भन्दा बढी गीत रचना गरि सकेका मिन सागर लामा लगायतको आतिथ्यता रहेको थियो ।
सांस्कृतिक कार्यक्रमका साथ भव्य रुपमा मनाईएको उक्त ल्होछार कार्यक्रममा गुठीका अध्यक्षद्धय गणेश लामा र हिरा लामाले सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका थिए ।
ल्होछार कार्यक्रममा लाई अमेरिकामा रहेर पनि आफ्नो संस्कार र संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न लागि परेका सुवास तामाङ ‘गोले’ ले ठूलो सहयोग गरेको भन्दै आयोजकले धन्यवाद दिएका थिए ।