back
CTIZAN AD

हुम्लामा नूनको अभाव छैन’ – साल्ट टे«डिङ

वि.सं.२०७४ माघ ९ मंगलवार

957 

shares

९ माघ, हुम्ला ।  साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड हुम्लाका प्रमुख राजबहादुर लामाले जिल्लामा नूनको अभाव नभएको बताउनुभएको छ ।

जिल्लामा साल्ट टे«डिङसँग अहिले एक हजार २४० क्विन्टल नून मौज्दात रहेको लामाले बताउनुभयो ।

“सदरमुकामसँग पहुँच नभएका ग्रामीण भेगका केही बस्तीमा नून नपुगेको कुरा सत्य हो,” उहाँले भन्नुभयो । गतवर्ष तीन हजार ८७८ क्विन्टल नून ढुवानी गर्ने जिम्मा लिएका ठेकेदार तेजबहादुर महतले एक हजार ८२४ क्विन्टल मात्र ढुवानी गरेको उहाँले बताउनुभयो ।

“ठेकेदार महतले ढुवानी गर्न नसकेको बाँकी परिमाण बराबर नूनको रकम असुल भइसक्यो । यसबाट कर्पोरेशन घाटामा छैन,” लामाले भन्नुभयो ।

ठेकेदार महतले आफूले एक हजार ८२८ क्विन्टल नून ढुवानी गरेको र ढुवानी गर्न बाँकी नूनको रकम तिरिसकेको बताउनुभयो । जुम्ला हवाईमैदानमा करिब २०० क्विन्टल नून ढुवानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो । “मैले रु १७ लाखदेखि रु १८ लाखसम्म घाटा व्यहोरेको छु,” उहाँले भन्नुभयो । गत आवको असारमा हुम्लाका लागि दुई हजार क्विन्टल नून नेपालगञ्ज साल्टट्रेडिङबाट खरिद गरेको ठेकेदार महतको भनाइ छ ।

वि.सं.२०७४ माघ ९ मंगलवार ११:२० मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...