Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रदेश नं १ राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावलीमा दाबी विरोध परेन



विराटनगर, ९ माघ (रासस) । यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १ नं प्रदेश मतदाता नामावली प्रकाशनमा कसैको दाबी विरोध परेको छैन् ।

दाबी विरोधका लागि यही माघ ८ गतेसम्म समय रहेको कुनै दाबी विरोध नपरेको १ नं प्रदेश मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताए । आज साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने उनले जानकारी दिए ।

यसैगरी माघ १० गते बिहान १० देखि ४ बजेसम्म राष्ट्रिय सभा उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने साँझ ४ देखि ५ बजेसम्म उम्मेदवार दर्ता सूची प्रकाशन गरिनेछ ।

यस्तै माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी विरोधमा दाबी विरोधमा उजुरी दर्ता गर्न सकिनेछ । यही माघ १३ गते १० देखि ५ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत दुलालले जानकारी दिए ।

यसैगरी माघ १५ गते दिउँसो १ देखि २ बजेसम्म उम्मेदवार नामावली फिर्ता दिने, ३ देखि ४ बजेसम्म राष्ट्रिय सभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र साँझ ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने अधिकृत दुलालले बताउनुभयो । माघ २४ गते बिहान १० देखि ३ बजेसम्म राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनेछ ।

प्रदेश नं १ मा २७४ जना स्थानीय निकायका प्रमख र उपप्रमुख र प्रदेश सभा सदस्य ९३ गरी जम्मा ३६७ सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान गर्नेछन् । १ नं प्रदेशमा तीन महिला, तीन अन्य, एक दलित, एक अपांग वा अल्पसङ्ख्यक सदस्य गरी जम्मा आठजना राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित हुनेछन् ।

यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दुईवटा मतदान केन्द्र राखिएको छ भने प्रत्येक केन्द्रमा ११ जना कर्मचारी खटाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा