back
CTIZAN AD

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गरियो पिएचडी कार्यक्रम

वि.सं.२०७४ माघ १२ शुक्रवार

621 

shares

१२ माघ, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि (पिएचडी) कार्यक्रममा शुरु गरेको छ ।

आज वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले २५ वर्ष पुराना विश्वविद्यालयले सञ्चालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गर्नुभयो ।

विगतका शासकका कारणले गर्दा प्रदेश नं ६ शैक्षिक क्षेत्रमा पछाडि परेको उहाँको भनाइ थियो । “शासकहरुले सन्तुलित विकास नगर्दा हामी पछाडि परेका हौँ”, उहाँले भन्नुभयो, “विकासको रथ अगाडि बढाउनका लागि मुख्य रथका रुपमा रहेको शैक्षिक क्षेत्र बलियो हुनुपर्छ, त्यो क्षेत्र नै बलियो भएन भने विकास हुँदैन ।”  पिएचडी कार्यक्रमले प्रदेश नं ६ को समग्र विकासका लागि शिक्षाको पनि महत्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख खनालको भनाइ छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले प्रदेश नं ६ स्रोत साधनले भरिपूर्ण प्रदेश भएको उल्लेख गर्दै “प्राप्त स्रोत साधनलाई प्रयोग गर्न सकियो भने प्रदेश नं ६ सबैभन्दा अघि धनी प्रदेश बन्ने छ,”भन्नुभयो ।

जबसम्म प्रविधिउन्मुख शिक्षालाई अगाडि बढाउन सक्दैनौँ, तबसम्म मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिदैन्, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य नवराज रावतले आफूसँग स्रोत साधनलाई परिचालन गरेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो ।

पिएचडी कार्यक्रमको प्रक्रिया केही महिनाअघि नै शुरु भए तापनि आज औपचारिक रुपमा शुरुवात् गरिएको व्यवस्थापन संकायका डिन डा मस्तबहादुर गरञ्जाले बताउनुभयो ।

वि.सं.२०७४ माघ १२ शुक्रवार ११:२३ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...