बेल्जियममा भैरहेको ‘आन्तार्प होलिडे फेयर २०१८’ कार्यक्रममा नेपालले भाग लिएको छ । नेपाली दुतावास ब्रसेल्स र एनआरएनए बेल्जियमको सहयोगमा नेपालको सस्कृति तथा पर्यटन प्रबर्धनको लागि उक्त कार्यक्रममा भाग लिएको हो। यो फेयरमा नेपाललाइ माया गर्ने र नेपालको बारेमा धेरै चिनाउने मौका नेपालीहरुलाई मिलेको छ ।
४ दिन सम्म चल्ने फेयरमा एन्ना बेल्जियमले सास्कृतिक गतिबिधि तथा प्रस्तुतिहरु राखेको छ । जस अन्तर्गत नेपाली लोक धुनको साथमा नेवारी संस्कृतिमा आधारित लाखे नाच देखाइने छ्र । त्यस्तै गरेर मारुनी नाच, मध्य कौडा नाच र तामांग सेलो प्रस्तुत गरिनेछ । फेयरमा जातीय पहिचान झल्कने झाकीहरु पनि कार्यकर्ममा समावेस गरिएको छ ।
स्टलमा बेल्जियम नेपाल फ्रेन्डशिप एसोसियसनका ४ जना बेल्जिक नागरिकहरुले आगन्तुकलार्इ डच र अंग्रेजी भाषामा नेपाल बारे आएका जिज्ञासा र जानकारी प्रदान गरेका छन् । स्टलमा आएकाहरुलाई नेपालको सौन्दर्यता झल्कने पोस्टरहरु र भिजिट नेपाल लेखेको झोला प्रदान गरिएको छ । जसमा नेपालको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लगायतका पोस्टर रहेका छन ।
‘स्टलमा नेपाली हस्तकलाका सामानहरु राखेका छौ जसले नेपाली हस्ताकलालाई युरोप सामु चिनाउने यो फेयरले मौका दियको छ’, एनआरएनए बेल्जियमका अधयक्ष लोक दाहालले भने “४ दिन सम्म चल्ने महोत्सवले नेपाल पर्यटकीय गन्तव्यको रुपमा प्रबधन गर्न सशक्त माध्यम बनेको छ ।”
गत सालहरुमा हुने फेयर र नेपालको सहभागितमा अहिले केहि सुधार आयको छ । विशेष गरेर ब्यबस्थापनमा कमजोरी रहदै आयकोमा यसपाली सोचे भन्दा फरक रहेको आगन्तुकहरुको पनि ठम्याई रहेको छ । त्यस्तै गरेर आयोजक आन्त्रप होलिडे फेयरले पहिलोपटक नेपालले भाग्लिदै छ भनेर नै व्यापक प्रचार प्रसार गरिदिएको छ । ुुआयोजकले नेपालको सहभागितालाई प्राथमिकताका साथ देखाइरहेको छ ्रयो नै हाम्रो लागि आफैमा ठुलो प्रचार प्रसार हो, बेल्जियमका लागि नेपाली राजदुत लोकबहादुर थापाले प्रस्ट परे ।
४ दिन सम्म चल्ने फेयरमा पोस्टर लगायतका सामग्री नेपाल पर्यटन बोर्डले उपलब्धता गरायको छ । पर्यटन दुत बिनोद न्यौपानेका अनुसार फेयरमार्फत भिजिट नेपालको लागि विशेष सहयोग पुग्ने बिश्वास लिइएको छ ।
वि.सं.२०७४ माघ १२ शुक्रवार १३:२६ मा प्रकाशित

























