१४ माघ, काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेलाई २० लाखभारुमा किनेसगैँ दिल्ली डेयरडेभिल्सले सन्दीपलाई भित्राउन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएको छ । जारी अक्सनमा २० लाख भारु आधार मूल्य रहेको सन्दीपलाई किन्न दिल्लीले सुरुमा २० लाख अर्थात आधार मूल्य प्रस्ताव राखेको थियो ।
सन्दीपलाई भित्राएसँगै दिल्लीले ट्वीट गर्दै १७ वर्षीय नेपाली क्रिकेटरलाई किन्न पाउनु खुसीको कुरा रहेको उल्लेख गरेको छ ।
यसै गरि सन्दीपले आईपिएल ईतिहासमै नेपालको तर्फबाट पहिलो खेलाडी बन्दै ईतिहास बनाएको भन्दै सन्दीपबाट धेरै अपेक्षा राखेको उल्लेख गरेको छ ।
The first Nepali player in the history of the Vivo IPL! It gives us great pleasure to welcome the 17-year-old leg-spinner @IamSandeep25 into the #DDSquad!#IPLAuction #DilDilli
— Delhi Daredevils (@DelhiDaredevils) January 28, 2018
वि.सं.२०७४ माघ १४ आइतवार ०८:५२ मा प्रकाशित





























