Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

छन्द डायसपोरा

पुरानाघरे


 

सारा रत्न जडेर भाव जगका लेख्दै गरेका कुरा
भाका भाव र सूत्रको मिलनमा चढ्ने छ त्यो टाकुरा ।
नेपाली मनले जुटौँ अब उठौँ ढाकेर ब्रह्माण्ड यो
पोखौँ सुन्दर छन्दमा हृदयको सङ्गीत संसारको ।।१।।

बाँडे पो सबले चुनेर गतिलो निर्दोष सद्भावना
त्यागी द्वेश झुमिन्छ काव्यरसमा हट्ने छ दुर्भावना ।
स्रष्टाका मनमा समस्त जगको छाया त्यहीँ आउँछ
सारा पाठकभावना सृजनमा आफ्नै बनी छाउँछ ।।२।।

कस्तो विस्मय प्राप्ति हो सुकविको संसार अट्ने निधि
नेपाली कविले सजाउन सके त्यो छन्दको सद्विधि ।
भाकामा ममता दिनुस् सुजन हो संस्कार हाम्रो भनी
अट्ने शक्ति छ छन्दमा रसिक हो बह्माण्ड सौदामिनी ।।३।।

नेपाली जन फैलियो भुवनमा बाल्दै कलाको दियो
यो ब्रह्माण्ड बुझेर शब्दलयमा आस्था उराल्दै हिँड्यो ।
साझा दृष्टि बनेर विश्व रचना गर्दै गयो शब्दमा
नेपाली अहिले बन्यो भुवनमा द्रष्टा स्वयं काव्यमा ।।४।।

हे प्यारा कवि हो ! सुसंस्कृत हुने गर्दै हिँडौँ कामना
भाषा नै नरहे रहन्छ र कहाँ साहित्यको साधना ।
यौटा दीप जलाउने प्रण गरौँ संसार चम्किन्छ है
लेखौँ सार्थक भावपूर्ण कविता संसार लम्किन्छ है ।।५।।

लेखिन्थे पहिले समस्त जगका गाथा यही छन्दमा
पोखिन्थे इतिहासका सब नयाँ भाका यही छन्दमा ।
मानिन्थे कविका समस्त कविता हुन् देववाणी भनी
गर्ने मानवले त हो नि सृजना लागौँ न हामी पनि ।।६।।

छन्दः शार्दूलविक्रीडित


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको