back
CTIZAN AD

नबराज पाण्डेको पापी मास्टर बजारमा

वि.सं.२०७४ माघ १५ सोमवार

945 

shares

साहित्यकार नवराज पाण्डेको नया उपन्यास पापी मास्टर भर्खरै नेपाली साहित्यको बजारमा आएको छ । फुटकर कथा, कविता, लेख, समालोचना हुदै आख्यानमा हात हालेका पाण्डेको यो उपन्यासले शिक्षक, बिद्यार्थी र अभिभावकहरु बिचको त्रिकोणात्मका सम्बन्धलाई एउटा शिक्षकको नजरबाट प्रस्तुत गरेको छ । कक्षा कोठा देखि समाजमा घट्ने घट्नाहरु एवं मानबिय मनोबिज्ञानलाई सहज समायोजन गरेर प्रस्तुत गरिएको यो उपन्यास २०७२ सालको प्रलयकारी भूकम्प बाट शुरु हुन्छ र बिनास कै परिणाममा गएर टुंगिन्छ । लेखक बिगत बर्तमान र भविष्यलाई सुनौलो ढङ्गले पस्कन सक्षम भएका छन् । उनले बाच्नको लागि गरिने मानबिय संघर्षलाई मनै लोभ्याउने पाराले प्रस्तुत गर्दै नेपाली साहित्य लेखनमा बिरलै उठाइएको मान्छेको मृत्यु पछाडिको अधिकारलाई उपन्यासको कथा भित्र समेटेर पाठकहरुलाई उक्त नया बिषय बस्तुका बारेमा एक पल्ट गहिरिएर सोच्न बाध्य तुल्याउछन् ।

पुस्तक सबै बर्ग, तह र उमेरका पाठकहरुलाई उतिकै गहकिलो लाग्छ । मन छुन्छ । हरेक पाठकहरुले कुनै न कुनै पात्रसंग आफुलाई तुलना गर्छन् र पढ्दै जादा उपन्यास कै संसार भित्र हराउछन् । नेपालको कर्मचारीतन्त्र भित्रका तितामिठा कुराहरु, पारिवारिक समायोजन एवं बिचलनका घटनाहरु, सिद्धान्तका कुराहरु, दश बर्षे माओवादी जनयुद्ध भित्र नदेखिएका पाटाहरु, त्यसले निम्त्याएका परिणामहरु जस्ता परिस्थितिहरुलाई एकै ठाउमा जोडेर सयौं फूलहरुको एउटा सुन्दर माला जस्तै बनेको छ उपन्यास पापी मास्टर । ज्ञानसभा कलेजको संचालक एवं अग्रेजी मास्टर कपिल शर्माको तर्फ बाट पस्तुत गरिएको उपन्यासको कथा जति जति अगाडि बढ्दै जान्छ त्यति त्यति रोचकता र रौनकता थपिदै जान्छ । कुनै रमाइलो यात्रमा निस्किएको यात्री झै रोमान्चित हुदै जान्छ पाठकको मन पनि । विपरीत लिङ्गी बिचमा यौन रहित घनिष्ट प्रेम पनि हुन सक्छ भन्ने प्रेमको नौलो परिभाषा दिदै लेखकले एउटा शिक्षकको नैतिकतालाई चट्टानि अडानको रुपमा प्रस्तुत गरेका छन् । कविता, कथा तथा निबन्धलाई उपन्यासको कलेबर भित्र समाहित गरेर लेखकले पापी मास्टरलाई नौलो प्रयोगवादी उपन्यास बनाउन चुकेका छैनन् । आफुले गरेको क्रियाकलापहरुलाई पापको संज्ञा दिने मास्टर वास्तब मै पापी हो वा होइन त्यो छुट्टाउने जिम्मा लेखकले पाठकलाई नै छोडेका छन् ।

वि.सं.२०७४ माघ १५ सोमवार ०८:४० मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...