back
CTIZAN AD

 त्रिवेणी मेलामा भोटेघोडाको सटृा भोटे कुकुरको किनबेच

वि.सं.२०७४ माघ १५ सोमवार

657 

shares

dog१५ माघ, गाईघाट उदयपुर । भोटे घोडा लोप हुन थालेपछि जिल्लाको कटारीस्थित कमलानदी त्रिवेणी मेलामा यसको किनबेच नभएकाले यस पटक भने भोटे कुकुरको कारोबार बढेको छ ।

माघ १ गतेदेखि आजसम्म सञ्चालन भएको त्रिवेणी मेलामा अहिलेसम्म सबैभन्दा बढी भोटे कुकुरको किनबेच भएको मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर तामाङले बताए ।

विगतका वर्षमा सोलुखुम्बु र ओखलढुंगाको रुम्जाटार क्षेत्रबाट झारिने भोटे घोडाको किनबेच धेरै हुने गरेपनि अहिले तिनको प्रयोग र प्रचलन घट्दै गएकाले मेलामा पनि भोटेघोडाको किनबेच ठप्प हुन पुगेको मेला व्यवस्थापन समितिका सदस्य केदार धमलाले बताए ।

उनका अनुसार अहिले सोलुखुम्बु र ओखलढुंगाबाट खरिद गरेर झारिएका भोटेकुकुर र तिनका छाउरासमेतको किनबेच बढेको हो । एउटा भोटे कुकुरको मूल्य रु आठ हजारदेखि रु १० हजारसम्म पुगेको छ भने छाउरा रु तीन हजारसम्ममा बिक्री भइरहेका छन् । सोलुको हिमाली क्षेत्रबाट झारिएका भोटेकुकुर अहिले तराईको धनुषा, सप्तरी, सिरहा, महोतरीसहित भारतको बिहारसम्मका ग्राहकले किनेर लगेका छन् ।
माघको ३ गतेदेखि हालसम्ममा झण्डै रु चार लाखसम्मको भोटेकुकुरको कारोबार भएको समेत त्रिवेणी मेला व्यवस्थापन समितिले जनाएको छ ।

त्रिवेणी मेलामा हिमाली भोटेकुकुरको कारोबार ह्वात्तै बढेपछि हिमाली सोलु र ओखलढुंगा क्षेत्रबाट थुप्रै भोटेकुकुर मेलामा कारोबारका लागि ल्याउने कार्यसमेत भइरहेको छ ।

माघ १ गते देखि शुरु भएको पन्ध्र दिने मेलामा अहिलेसम्म झण्डै रू दुई करोडको कारोबार भइसकेको छ भने सातलाख भन्दा बढीले त्रिवेणी धामको दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

वि.सं.२०७४ माघ १५ सोमवार ०९:०० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...