back
CTIZAN AD

दाताको सहयोग पाए मेरो छोरो बाँच्ने थियो – बुबा केदारनाथ पौडेल

वि.सं.२०७४ माघ १५ सोमवार

1.8K 

shares


शिशिर सिंखडा
१५ माघ, खोलेसिमल, चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ७ सगुनटोलका १७ वर्षीय लक्ष्मण पौडेललाई नाकमा माइक्रोसिस फङ्गल भएको छ । सो रोगबाट पिडित पौडेललाई दैनिक औषधी सेवन गर्न ५ हजार रुपैया लाग्दछ । १ वर्षसम्म खानुपर्ने औषधीको रकममात्र १८ लाख लाग्दछ भने हालसम्म उपचार गर्दा १२ लाख रुपैया खर्च भइसकेको उनका बुबा केदारनाथ पौडेलले बताए ।

शुरुमा छोराको नाकको देब्रेपट्टि चिलाएर सुन्निएको र क्रमश मासु पलाएर झर्ने समस्या भएको बुबा केदारनाथ पौडेलले बताए । २०७३ साल मंसिरबाट दिनहुँ नाकको मासु झर्न थालेपछि छोरालाई भरतपुरको सरकारी अस्पताल हुँदै वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि उनले उपचार गराए । सो अस्पतालले क्षयरोग भनी २ महिनासम्म औषधी सेवन गर्न लगाएपनि उनको सो रोग निको हुन सकेन । छोरालाई निको हुन भन्दा पनि झन् बढी समस्या भएपछि काठमाडौंको त्रिभुवन विश्वविद्यालय (टिचिङ हस्पिटल) पु¥याए । २०७३ चैत्रमा टिचिङ्ग हस्पिटलमा छोराको नाकको अप्रेसन भयो । त्यसपछि पनि नाकमा मासु पलाउँदै जाने, झर्दै जाने समस्या नरोकिए पछि २०७४ भदौ २० गते, असोज ६ गते र कार्तिक २८ गते पनि छोराको नाकको पटक पटक अप्रेसन गरिएको उनले बताए ।

टिचिङ हस्पिटलले रोग पत्ता लगाउन नसकेपछि त्यहाँबाट रिफर गरी मंसिर २५ गते भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा परीक्षण गरी औषधी लिएर घर आएको बिरामी लक्ष्मणका बुबा केदारनाथ पौडेलले बताए । संस्थाका डा. ए.सी. शर्मा र डा. राकेश कुमार आचार्यले उपचार गराएको उनले बताए । एउटै औषधीको मात्र भारतीय ३ हजार ९ सय ९० रुपैया पर्दछ । यो औषधी लगायत थुप्रै औषधी खानुपर्दछ, बिरामीका बुबा पौडेलले भने । डाक्टरले १ वर्षसम्म लगातार औषधी खानु भनेका छन्, उनले भने ।

छोराको उपचार गर्दा यस अगाडि १२ लाख रुपैया ऋण भइसक्यो । थप उपचार गर्न १८ लाख भन्दा बढी रकम आवश्यक रहेकोले कसरी छोरा बचाउने भन्नेमा चिन्ता रहेको उनले बताए । स्थानीय पृथ्वी मा.वि. मा १२ कक्षामा पढ्दै गरेको छोरालाई कसरी बचाउने भन्नेमा चिन्तित छु, उनले दुखेसो पोखे । पटक पटक बाढी लागेर घरवार विहिन भएपछि चितवनको मेघौली हुँदै भण्डारा पुगेको पौडेल परिवार भण्डारामा पनि बाढी लागी २०४७ सालमा सगुनटोलमा आई ऐलानी जग्गामा बस्दै रहेका छन् ।

परिवारलाई दैनिक गुजारा टार्नलाई नै समस्या छ । पहिलेको ऋण कसरी तिर्ने भन्नेमा एकातिर समस्या छ भने अर्कोतर्फ छोराको औषधी खर्च धान्न समस्या भएकोले छोराको जीवन रक्षाको लागि सहयोगीदाताहरुसँग सहयोगको अपिल समेत उनले गरेका छन् । उनलाई स्वदेशी तथा विदेशी सहयोगीदाताहरुले मोबाइल नम्बर ९८४५५९७५४६ मा सम्पर्क गरी सहयोग गर्न बिरामी लक्ष्मणका बुबा केदारनाथ पौडेलले सबैसँग आग्रह समेत गरेका छन् ।

वि.सं.२०७४ माघ १५ सोमवार १६:०४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...