Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक



विश्व साइकल यात्री शौरभ दाहालको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ ।
आइतबार अनामनगरको युनियन हाउसमा आयोजित ‘नेपाल आमा’ नामक गिती एल्बमको विमोचन प्रमुख अतिथि संगीतकार संघका अध्यक्ष तथा वरिष्ठ संगीतकार लक्ष्मण शेषद्धारा विमोचन गरिएको हो ।
विमोचनका क्रममा प्रमुख अतिथि लक्ष्मण शेषले युवा अवस्थामै देशको मायाले ओतप्रोत भएर बुद्ध नेपालमा जन्मिएका हुन भन्ने नारा लिएर विश्व साइकल यात्रामा निस्केको तथा गीत निकाल्न सफल भएको भन्दै संगीतकार संघद्धारा आयोजना गरिएको ९० ठाउँमा गरिने मेची–महाकाली अभियानमा यो गितलाई पनि समावेश गरिने बताएका थिए ।
प्रमुख अतिथि शेषले दाहालको गीतले नयाँ युवा पिढीको नेतृत्व गरेको बताउँदै संसार घुमेर नेपालको गरिमा प्रचार गर्नु सबैको लागि गर्वको कुरा रहेको बताए ।


विश्व साइकल यात्राका क्रममा झण्डै ८० देशमा पुगेका दाहालले साइकल यात्राका क्रममा जहाँ जहाँ आफू पुगे त्यहाँ रहेका नेपालीले बाध्यतामा विदेशमा रहनु परेपनि आफ्नो मातृभूमिलाई अत्यन्तै माया गरेको देखेको पाउँदा त्यहि आफ्नो राष्ट्र र माटोलाई कहिल्यै भुल्न सकिदैंन भन्ने भावलाई गीतमा उतारेको बताएका थिए ।
दाहाल र कल्पना खरेलको शब्द रहेको उक्त ‘ नेपाल आमा’ गीतमा चर्चित युवा गायक सुनिल गिरीको स्वर रहेको छ भने म्युजिक भुडियोको निर्देशन अनिल के मानन्धरले गरेका छन् । अन्जु सापकोटा निर्मात्री रहेको म्युजिक भिडीयोमा दाहाल, गायक गिरी र कृतिका दाहाल लगायतको अभिनय रहेको छ ।
उक्त विमोचन कार्यक्रमको प्रश्तोता मोहन बास्तोला रहेका थिए ।