
बेलायतमा रहेका लक्ष्य गुरुङले त्यहाँको राजनीतिक पार्टीका तर्फबाट चुनावि अभियानमा होमिएका छन् ।
भूतपुर्व गोर्खा सैनिक, समाजसेवी, व्यवसायी तथा गैरआवासीय नेपाली अभियन्ता समेत रहेका लक्ष्य गुरुङ बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट बार्नेट हल वार्डबाट काउन्सीलरका लागि उम्मेदवारी दिएका छन् ।
मे महिनाको ३ तारिखमा हुन लागेको स्थानीय चुनावमा गुरुङले सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सीलरको पदका लागि उम्मेदवार दिएका हुन् ।
चुनावका लागि घरदैलो कार्यक्रममा सक्रिय रहेका गुरुङले २८ जुनका दिन मिलहिल क्षेत्रमा घरदैलो कार्यक्रम गरेका थिए । उनको घरदैलो अभियानका क्रममा स्थानीयबासीले विभिन्न समस्याहरुका बारेमा बताएका थिए ।
स्थानीयबासीले सडकपेटी, पार्क,ट्राफिक, चोरीको समस्या तथा त्यसक्षेत्रमा बन्न लागेको आवास योजना बारेमा कुराहरु राखेका थिए । सो क्रममा गुरुङले आफ्नो पार्टीका तर्फबाट यि समस्याहरु सम्बोधन गर्ने विश्वास दिलाएको पनि गुरुङले बताएका छन् ।
गुरुङको अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अर्फोड, पार्टीका स्थानीय पदाधिकारी ओली हेजल, ली ट्याफ, श्रीमती स्मिता ट्याफ तथा बार्नेट काउन्सीलामै कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सीलरका उम्मेदवारहरु लेथ जेलाह, तथा एलियट सिमवर्गको पनि सहभागीता रहेको थियो ।