back
CTIZAN AD

चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरे १७ गैँडा

वि.सं.२०७४ माघ १७ बुधवार

876 

shares

१७ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन् ।

शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

निकुञ्ज क्षेत्रमा तीन र वन क्षेत्रमा एक गरी चार गैंँडा बाढीका कारण मरेका हुन । अर्यालकाअनुसार बाढीले दुईवटा र बाघले खाएर एउटा बच्चा मरेका छन् ।

५० वर्ष आयु हुने भए पनि ३० वर्ष कटेपछि गैंँडा कमजोर हँुदै जाने गर्दछ । बुढो भएर मरेका अधिकांश गैँंडा ३०÷३५ वर्ष कटेका रहेका छन् । गत आर्थिक वर्षमा कालगतिले २५ वटा गैँंडा मरेका थिए ।

सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा ६ सय ५ वटा गैँंडा रहेका थिए । सो पश्चात बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँंडा स्थानान्तरण गरिएको छ ।

गएको साउनको अन्तिम साता आएको बाढीका कारण बगाएका १० वटा गैँडाको उद्धार गरिएको थियो । त्यतिबेला बाढीले घाँसेमैदान नष्ट गरेपछि निकुञ्जमा रहेका गैँडा समस्यामा परेका थिए ।

वि.सं.२०७४ माघ १७ बुधवार ०८:३४ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...