back
CTIZAN AD

पाल्पाको पर्यटकीय गन्तव्य शिवासनधामको प्रचारका लागि महोत्सव

वि.सं.२०७४ माघ १८ बिहीवार

915 

shares

१८ माघ, पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८, बरादीस्थित धार्मिक पर्यटकीय गन्तव्य महामृत्युञ्जय शिवासनधामको प्रचार प्रसारका लागि महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सव हुने भएको छ ।

महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको आयोजनामा माघ २१ देखि फागुन २ गतेसम्म श्री शिवपुराण तात्विक ज्ञान महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सव–२०७४ सञ्चालन गरी करिब तीनलाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको हो ।

महायज्ञमार्फत धार्मिक चेतना फैलाउने, धर्म जागरण ल्याउने र धार्मिक पर्यटनको विकास गर्ने प्रमुख उद्देश्यका साथ महोत्सव सञ्चालन हुने मूल समितिका अध्यक्ष ज्योति पण्डित विष्णुप्रसाद बस्यालले बताए ।

महोत्सवका अवसरमा भागवत अलंकार पदवी विभूषित प्रखरवाचक पण्डित नेत्रप्रसाद पराजुलीले प्रमुख वाचक र १००८ स्वामी विवेकानन्द सरस्वती महाराज पावन सान्निध्यद्वारा कथा वाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष बस्यालले बताए ।

महोत्सवको अवधिमा पितृमोक्ष तथा राष्ट्र«शान्तिको कामना गर्ने हेतुका साथ ११ करोड दीप प्रज्वलन, ११ लाख महामृत्युञ्जय मन्त्रजप, तगा हवन कार्यक्रम, सवालाख गायत्री मन्त्रजप, शत रुद्रीपाठ, गोदान विशेष कार्यक्रम, नवग्रह, शान्ति, कालसर्प, योग शान्ति, पितृदोष शान्ति, दैनिक योग ध्यान एवम् जीवन जिउने कला प्रशिक्षण, ज्योतिष तथा वास्तु परामर्श, सामूहिक व्रतबन्ध, विवाह, चौरासी पूरा आदि कार्यक्रम रहेको शिवासनधामका अध्यक्ष माधव बस्यालले बताए ।

महोत्सवको पहिलो दिन माघ २१ गते १० बजे कलश यात्रा र १ बजे उद्घाटन हुने आयोजकले जनाएका छन् ।

यहाँको शिवको ध्यान आसनमा रहेको मूर्ति एशियाकै सबैभन्दा ठूलो मूर्तिका रुपमा लिइँदै आएको छ । ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तलको मिश्रणबाट शिवको मूर्ति निर्माण गरिएको हो । शिवको मूर्ति स्थापना गरेपछि यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्थानीय बासिन्दा भगवान भण्डारीले बताए ।

वि.सं.२०७४ माघ १८ बिहीवार ०८:०० मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...