
मकाउ । मकाउमा नेपाल-मकाउ मैत्रीपुर्ण खेल सम्पन्न भएको छ ।
मकाउकै इतिहासमा पहिलोपटक आयोजना भएको मकाउ–नेपाल भलिवल प्रतियोगिताले नेपालीहरु श्रमिक मात्र नभएर विविध क्षेत्रमा उत्तिकै दख्खल छन् भन्ने देखाएको छ ।
पुर्वराष्ट्रिय भलिवल खेलाडी मधुकर थापाको विशेष पहलमा मकाउ भलिवल संघले आयोजना गरेको मैत्रीपुर्ण खेलमा नेपालले मकाउमाथि आफ्नो वर्चस्व कायम गर्दै ३–० ले हराउँदै जित हासिल गरेको थियो ।
खेल समापन भएपछि सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मकाउको समन्वयमा नेपाली जनसम्पर्क समिति मकाउ, प्रबाशी नेपाली मंच मकाउ, अन्तराष्ट्रिय नेपाली समाज मकाउ, गुरुङ (तमु) समाज मकाउ, तामांग घेदुङ्ग संघ मकाउ, नेपाली समाज मकाउ, किरात राई यायोख्खा मकाउ, किरात याक्थुंग चुम्लुंग मकाउ, शेर्पा समाज मकाउ र नेपाली बडीबिल्डिंग संघ मकाउको संयुक्त आयोजनामा गरिएको रात्री भोजमा मायाको चिनो प्रदान गरि बधाई, सम्मान तथा बिदाइको कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्ण मकाउबासी नेपाली हरुलाई आभार प्रकट गरिएको एनआरएनए मकाउकी अध्यक्ष शान्ति अधिकारीले बताइन् ।
उक्त मैत्रीपुर्ण खेलले देश तथा बिदेशमा रहेका नेपालीहरूले प्रत्यक्ष प्रसारण हेर्नुको साथै मकाउमा रहेका झण्डै ७ सय नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उपस्थितिमा उत्साहपूर्णरुपमा खेल सम्पन्न भएको थियो ।