back
CTIZAN AD

विदेश पठाइदिन्छु भनि ठगी गर्ने ५ जना पक्राउ

वि.सं.२०७४ माघ १८ बिहीवार

969 

shares

 

१८ माघ, काठमाडौँ । महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पाँच जनालाई आज सार्वजनिक गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले भारतको नयाँदिल्ली हुँदै क्यानडा, जापान तथा युरोपका विभिन्न मुलुक पठाइदिने भनी ठगी गरेको अभियोगमा गुल्मीका नारायण घिमिरे, रुपन्देहीका झपेन्द्र थापा मगर र अर्घाखाँचीका अर्जुन अर्याल तथा भारतका सन्दीप सिंह र रोनाल्ड गहतराजलाई बुधबार पक्राउ गरेको थियो ।

प्रहरीले अभियुक्तसँग नेपाली राहदानी १९, बङ्गलादेशी राहदानी २५ र भारतीय राहदानी एक थान तथा विभिन्न व्यक्तिको प्रहरी प्रतिवेदन ११ थान कागजातसहित होटल इन्काउन्टर ठमेलबाट बरामद गरेको हो ।

अभियुक्तमध्ये गहतराजले नयाँ दिल्लीमा ग्लोबल ट्रेडिङ कन्सल्टेन्सी र घिमिरेले पुतली सडकमा निकिता ग्लोबल कन्सल्टेन्सीबाट ठगी गर्दै आएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जिकिर गरेको छ । अभियुक्तलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ ।

वि.सं.२०७४ माघ १८ बिहीवार १५:१४ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...