back
CTIZAN AD

गुट बिर्सिएर एकढिक्का हुन काँग्रेस कार्यकर्तालाई मन्त्री केसीको आग्रह

वि.सं.२०७४ माघ १९ शुक्रवार

756 

shares

ध्रुव भण्डारी, न्यूयोर्क
जनवरी ३१, तारीख २०१८ बुधबारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकूद मन्त्री एवं नेपाली काँग्रेसका नेता राजेन्द्र कुमार केसीको प्रमुख आथित्यमा एक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अथितिको रूपमा बोल्दै मन्त्री केसीले नेपाली काँग्रेसले राष्ट्रिय रूपमा विभिन्न चरणको निर्वाचन सम्पन्न गरेर संक्रमणकालको अन्त्य गर्दै, मुलुकलाई नयाँ युगमा प्रवेश गराएको कुरा बताएका थिए ।

पछिल्लो समयमा सरकारले अति नै लोकप्रिय एवम जनप्रिय निर्णयहरू गरेको हुनाले आउँदो सरकारले त्यसलाई निरन्तरता दिनुपर्ने कुरामा मन्त्री केसीले जोड दिएका थिए । प्रवासमा बस्ने नेपालीहरूबाट अति उत्कृष्ट ज्ञान र विचारहरू पनि नेपालमा भित्रीयोस भन्ने कुरा राख्दै, मन्त्री केसीले कम राजनीति गरेर, धेरै फिटव्याक नेपाललाई दिन कार्यक्रतालाई सुझाव दिएका थिए ।

निर्वाचनपछि नेपाली काँग्रेस कमजोर भएकोले सानातिना मतभेदलाई बिर्सिएर, यो या त्यो गुटलाई भूलेर समग्रतामा गुटको होईन मात्र काँग्रेसको सदस्य भईदिन सबै नेपाली काँग्रेसका कार्यकर्ता एवं आस्थावान सदस्यहरूलाई मन्त्री केसीले आग्रह गरेका थिए । लोकतान्त्रिक प्रकृयाबाट आएको निर्वाचित समितिलाई विश्वास गरेर चाँडो अधिवेशन गराउँनका लागि सहयोग गर्न सबैलाई आग्रह गर्दै मन्त्री केसीले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई सबैले मान्नुपर्ने धारणा राखेका थिए ।

बिशेष अथिति पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट र अथिति नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले स्थानीय तह , प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका कारण संगठनको अधिवेशन गर्नमा केहि ढिलाई भएको कुराको सबैलाई जानकारी गराउँदै, अब चाँडै सबैलाई मिलाएर च्याप्टर र केन्द्रीय अधिवेशन गर्ने कुरा बताएका थिए । अधिवेशन गर्नका लागि विमति राख्नुहुने सबैलाई एकढिक्का भई जुटेर सहयोग गरिदिन समेत आह्वान गरेका थिए ।

न्यूयोर्क स्थित सम्युक्त राष्ट्रसंघको मुख्यालयमा 7th Economic and Social Council Youth Forum  (ECOSOC) को बैठकमा युवा तथा खेलकूद मन्त्री राजेन्द्रकुमार केसी सहभागी हुन आएको मौकामा न्यूयोर्क च्याप्टरले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

न्यूयोर्क शहरको स्थानीय ज्याक्सन हाईटको थकाली किचनमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता च्याप्टरका सभापति रोशन ढंगनाले गरेका थिए भने सन्चालन च्याप्टरका उपसभापति अमर तामाङले गरेका थिए ।

वि.सं.२०७४ माघ १९ शुक्रवार ०६:४४ मा प्रकाशित