back
CTIZAN AD

मासिक १५ लाखको कारोबार गर्दै चिज उत्पादन केन्द्र

वि.सं.२०७४ माघ २० शनिवार

630 

shares

२० माघ, धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक रु १५ लाखको हाराहारीमा कारोबार गरिरेहका छन् ।

विसं २०२७ मा साविकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण केन्द्रको आयोजनामा स्थापना भएको उक्त केन्द्रले सो स्थान र आसपासका क्षेत्रबाट दूध संकलन गरिरहेका छन् ।

भिमखोरीको कातारचे, केराबारी, पौवा, सोरे, छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका ठाउँबाट संकलन भएको दूध विभिन्न सहकारी संस्थाबाट गरी दैनिकरुपमा ७०० देखि ७५० लिटरसम्म जम्मा हुने गरेको केन्द्रका प्रमुख अबोधकुमार झाले बताए ।

यहाँ संकलन गरेका दूधबाट चिज, मखन, पनिरलगायतका उत्पादित वस्तु काठमाडौँस्थित केन्द्रीय कार्यालय लौनचौरमा लगेर बिक्री गर्दै आएको झाले बताए । “हामीले यहाँ उत्पादन भएका दुग्धजन्य पदार्थ भकुण्डेमा लगेर कटिङ गरिन्छ, त्यसपछि सिधै काठमाडौँको लैनचौरमा लगेर बिक्री हुन्छ,” उनले बताए ।

जुगेपानीमा रहेको चिज उत्पादन केन्द्रमा दैनिक पनिर ११० देखि १२० किलोग्राम, चिज ७० देखि ८० किलोग्राम र मखन १८ देखि १९ किलोग्रामसम्म उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

“२०२७ सालमा स्थापना भएको सोे केन्द्र २०५० सालदेखि २०६५ सालसम्म १५ वर्ष बन्द भयो, पछि सञ्चालनमा आएदेखि पुनः हामी यही काम गर्दै आएका छौँ,” केन्द्रका कर्मचारी सूर्यबहादुर मगरले भने, “बीचमा बन्द भएको बेलामा हामी त्यतिकै पर्खेर बस्यौँ, अहिले आएर राम्रोसँग सञ्चालन भइरहेको छ ।”

कृषि अनुसन्धान सहकारी संस्था केराबारी, धर्मेश्वर दुग्ध उत्पादन सहकारी संस्था केराबारी, महाभारत कृषि सहकारी संस्था कातारचे र सौभाग्य महिला कृषि सहकारी संस्था पौवालगायतले संकलन गरेको दुध केन्द्रमा आउने गरेको छ ।

भीमखोरीको उच्च पहाडी भूभाग भएका कारण यातायातको साधन नचल्ने भएपछि त्यस भेगमा उत्पादन भएको दूध संकलन गर्नका लागि सहकारी संस्थाले स्थानीय बासिन्दा र खच्चडको प्रयोग गर्ने गरेको कर्मचारी सुरेश सिञ्जालीले बताए ।

त्यसैगरी दूध ढुवानी गरेबापत भूगोल हेर ढुवानीकर्तालाई सहकारीमार्फत मासिक ज्याला दिने गरेको छ । स्थानीय बासिन्दा वसुमाया बलले भने, “हामीले यही नजिकै कातारचेबाट दूध ढुवानी गर्छौं, त्यसबापत रु दुई हजार ४० पाउँछौँ ।” “यहाँ काम गर्न थालेको तीन वर्ष भयो, यसरी कमाएको पैसाले छोराछोरीलाई पढाउने, घर खर्च चलाउने र अन्य काममा खर्च गर्नका लागि पुग्छ ।”

अर्का लक्ष्मी श्रेष्ठले दूध ढुवानीबाट घर खर्चका साथै अरु खर्चमा ठूलो टेवा पुगेको बताउनुभयो । अहिले केन्द्रमा कार्यालय प्रमुख झासहित पाँच जना कर्मचारी कार्यरत छन् । कुल ११ रोपनी जग्गामा फैलिएको उक्त केन्द्रमा छ वटा भवनसहितको भौतिक संरचना छ । तर बीचमा बन्द हुने र त्यसको उचित संरक्षण नहुँदा त्यो भवन जीर्ण हुँदै गएको छ ।

भौतिक संरचना मर्मत सम्भारका लागि केन्द्रीय कार्यालयमा बजेटको माग भइरहेको तर उपलब्ध हुन नसकेको केन्द्र प्रमुख झाले बताए ।

“हामीसँग भौतिक संरचना पर्याप्त छन्, तर त्यसको संरक्षण हुन नसक्दा भौतिक पूर्वाधार जीर्ण बन्दै गएको छ, त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।” उनले भने ।

वि.सं.२०७४ माघ २० शनिवार १०:३८ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...