back
CTIZAN AD

४ नं प्रदेशको प्रदेशसभा पोशाकः दौरासुरुवाल, सुटप्यान्टस र साडीचोलो

वि.सं.२०७४ माघ २१ आइतवार

891 

shares

२१ माघ, पोखरा । प्रदेश नं ४ को प्रदेशसभाको बैठक सोमबार पोखरामा हुँदैछ ।

प्रदेशसभा बैठकलाई लक्ष्य गरी नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई बैठकस्थलका रुपमा तयार गरिएको छ । सँगै रहेको भवनमा भने सचिवालय स्थापना गरी काम सञ्चालन शुरु गरिसकिएको छ ।

बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए । बैठकमा सहभागी हुन प्रदेश नं ४ अन्तर्गतका जिल्लाबाट कतिपय प्रदेशसभा सदस्य यहाँ आईसकेका छन भने कतिपय आउने क्रममा छन् ।

प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहँु, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ जिल्ला पर्छन् । सोमबारको बैठकको प्रक्रियालगायत विषयमा छलफल गर्न शनिबार सर्वदलीय बैठक सम्पन्न भएको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिए । सर्वदलीय बैठकले प्रदेशसभा बैठकका प्रक्रिया सम्बन्धमा छलफल गर्नाका साथै पोशाकलगायत विषयमा सहमति कायम गरेको बताइएको छ ।

ज्येष्ठ सदस्य श्रेष्ठका अनुसार प्रदेशसभा बैठकमा आउन पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ । बैठकमा पुरुष सदस्यले दौरासुरुवाल र कोट वा सुटप्यान्टस वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै महिला सदस्यका लागि साडीचोलो वा सुटप्यान्टस वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ । लगभग एक घण्टा १५ मिनेट समयावधि अनुमान गरिएको सोमबारको बैठकमा संसदीय परम्परानुरुप प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्ति रहेको अध्यक्षमण्डल चयन गर्नेलगायत विषयमा सर्वदलीय सहमति गरिएको सहसचिव बुढाथोकीले जानकारी दिए ।

प्रत्येक ठूला दलबाट तीन तीन कम्तीमा एक महिलासहित र साना दलबाट एक एक गरी ११ जनाले मन्तव्य दिने सहमति दलबीच भएको छ । बैठकलाई लक्ष्य गर्दै प्रदेशसभा कक्षमा पूर्वाधार निर्माणका काम लगभग अन्तिम चरणमा पुगेको शहरी विकास डिभिजनका प्रमुख किशोरलाल माजुले जानकारी दिए ।

साठी सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदका लागि माइकसहितका कुर्ची मिलाएर राखिसकिएको छ । बैठक हेर्न त्यसभन्दा पछिल्लो भागमा अन्य सहभागीका लागि ६० र पत्रकारका लागि ३० कुर्ची राखिएको छ ।

वि.सं.२०७४ माघ २१ आइतवार ०९:२७ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...