Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

अस्पताल विकास समिति कर्मचारी युनियनमा बराल




२१ माघ । देशभरका सरकारी अस्पतालमा कार्यरत विकास समितिका कर्मचारीको संस्था अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा सञ्जय बराल निर्वाचित भएका छन् ।
चितवनको भरतपुरमा सम्पन तेस्रो महाधिवेशनले भरतपुर अस्पतालमा कार्यरत बरालको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लोकराज पनेरु, महासचिवमा नवराज लुइँटेल, सचिवमा अरूण खनाल, सहसचिवमा मनोजकुमार देव, कोषाध्यक्षमा बद्री बस्नेत चयन भएका छन् ।
त्यस्तै महाधिवेशनबाट १ नं प्रदेश प्रमुखमा बद्रीप्रसाद दाहाल, २ नं प्रदेश प्रमुखमा सञ्जय कुँवर गुप्ता, ३ नं प्रदेश प्रमुखमा सुरेन्द्र केसी, ५ नं प्रदेश प्रमुखमा अर्जुनजङ्ग शाही, ७ नं प्रदेश प्रमुखमा नरेश थारु चयन भएका छन् ।

प्रदेश नं ४ र प्रदेश नं ६ प्रमुख भने कार्यसमितिको पहिलो बैठकले तोक्ने बताइएको छ । महाधिवेशनबाट ६१ जनाको परिषद् समिति चयन गरिएको छ ।
महाधिवेशन कर्मचारीको सरोकारका विषयलाई कार्यान्वयनमा ल्याउने उद्देश्यसहितका नौ बुँदे घोषणपत्रसमेत जारी गरेको छ । देशभरमा ६५ वटा अस्पताल विकास समिति छन् भने अस्पताल विकास समितिअन्तर्गत ३५ हजार कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सक आबद्ध छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १