back
CTIZAN AD

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरु

वि.सं.२०७४ माघ २२ सोमवार

825 

shares

२२ माघ, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो ।

बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए । “गणनाका लागि २६० जोर स्वचालित क्यामेरा जडान गरिएका छन्”, उनले भने , “निकुञ्ज भित्रका चार, जिल्ला वन कार्यालय अन्तर्गतका राष्ट्रिय वनका चार र डडेल्धुराको जोगबुढा चुरे क्षेत्रमा तीन ठाउँमा बाघ गणनाको कार्य हुनेछ ।”

गणना कार्य झण्डै बीस दिनसम्म चल्नेछ । सबै ठाउँमा एकै पटक बाघ गणनाको कार्य हुनेछ । यसका लागि ठाउँ–ठाउँमा प्राविधिकको टोली खटाइएको छ । डडेल्धुराको जोगबुढा क्षेत्रमा भने पहिलो पटक बाघ गणनाको कार्य हुन लागेको हो । बाघ गणना सँगै आहारा प्रजाजिका रुपमा रहेका जनावरको समेत सँगसँगै गणनाको कार्य हुने बताइएको छ । गत वर्षको गणनामा निकुञ्जमा १७ वटा बाघ फेला परेका थिए । बाघ गणना कार्यको शुभारम्भ आइतबार राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले गरेका थिए ।

वि.सं.२०७४ माघ २२ सोमवार ०६:३० मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...