back
CTIZAN AD

घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट वञ्चित गर्ने

वि.सं.२०७४ माघ २२ सोमवार

546 

shares

२२ माघ, वीरगञ्ज । पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ ।

गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिश रोक्ने र जरिवानासमेत गर्ने उर्दी गरेको गाउँपालिका सचिव अर्जुनप्रसाद चौहानले बताए ।
सो गाउँपालिका–५ मा आठ हजार जनसंख्या छ भने उक्त वडामा ९० प्रतिशत घरमा शौचालय भएपनि १० प्रतिशतले शौचालय राख्न आनाकानी गरेपछि गाउँपालिकाले यस्तो कदम चालेको हो । आउँदो चैत महिनासम्ममा पूरै गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जानकारी दिंदै अध्यक्ष श्रीलाल साह कानुले चर्पी नबनाउनेलाई सामाजिक तथा आर्थिक जरिवाना गर्ने भएकाले धमाधम चर्पी बनाउन थालेको जानकारी दिए ।

शुरुमा चेतनाको कमीका कारण गाउँका मानिस खुला चौरमा दिसापिसाब गर्ने गदथे तर अब गाउँपालिकाले कडाइ गर्न थालेपछि सबैले आ–आफ्ना घरमा चर्पी राख्न थालेको वडा नं। ५ की बदरुनेसा खातुनले बताईन् । चर्पी बनाउन गाउँपालिकाले चर्पीका लागि आवश्यक पर्ने सिटलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । गाउँपालिका दिसामुक्त क्षेत्रका लागि घर घरमा २०७० सालदेखि विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेकाले गाउँपालिकाले कडाइ गरेको हो ।

वडा नं १ देखि ५ सम्म रहेको सो गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जनाइएको छ । गाउँपालिकाले तीन दिनभित्र शौचालय राख्न उर्दी जारी गरेकाले वडा नं ५ का बासिन्दाले धमाधम चर्पी राख्न थालेका छन् ।

वि.सं.२०७४ माघ २२ सोमवार ११:३५ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...