back
CTIZAN AD

आस्वा र सिआस्वा फरक हुन् भ्रममा नपरौँः बोर्ड

वि.सं.२०७४ माघ २३ मंगलवार

645 

shares

२३ माघ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारलाई थप सहज बनाउन आगामी फागुन ११ गतेदेखि केन्द्रीय आस्वा प्रणाली लागू गर्ने भएको छ ।

बोर्डले आज एक सूचनामार्फत आस्वा प्रणाली र सेन्टर आस्वा प्रणालीमा फरक रहेको भन्दै त्यसका कुनै दुविधा नराख्न समेत आग्रह गरेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ)ले सि–आस्वा प्रणाली आगामी फागुन ११ गतेदेखि लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा बोर्डले त्यसका लागि सहजीकरण गरिरहेको र आवश्यक मार्गदर्शन गरिरहेको जनाएको छ ।

सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बराबरको रकम रोक्का राखी धितोपत्र बाँडफाँडपछि आवेदनको बाँडफाँड परेको धितोपत्र बराबरको रकम मात्र खाताबाट खिच्ने व्यवस्थालाई आस्वा प्रणाली भनिदै आएको छ ।

सिआस्वामा भने घरमै बसेर पनि धितोपत्र खरिदका लागि आवेदन दिन सकिने भएकाले लगानीकर्ताले आवेदन गर्दा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रुपमा रजिष्ट्रेशन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ । उक्त नम्बर लिई लगानीकर्ता स्वयम् आफै अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

त्यसरी आवेदन दिन नसक्नेका लागि विद्यमान आस्वा फारम भरी बैंक तथा वित्तीय संस्थाबाटै आवेदन दिन सकिने भएकाले दुविधा नराख्नसमेत बोर्डले आग्रह गरेको छ । ‘धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ मार्फत आस्वा प्रणाली लागू गरिएको हो ।
धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवासम्बन्धी कार्यनिर्देशिका, २०७४ बोर्डले यसअघि नै स्वीकृत गरिसकिएको छ ।

सिआस्वा विशेष गरी बैंक तथा वित्तीय संस्थाका लागि बढी उपयुक्त हुने बोर्डको भनाइ छ ।

करिब दुई करोड कित्ता शेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्जमा आज एक करोड ९७ लाख ५९ हजार ४८९ कित्ता शेयर सूचीकृत भएको छ । स्टकमा बैंक अफ काठमाडौँको संस्थापक शेयरसँगै अन्य पाँच कम्पनीको शेयर सूचीकृत भएको हो ।

बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । यस्तै छिमेक लघुवित्त विकास बैंकको १६ लाख ५९ हजार २९३ कित्ता बोनस शेयर र आइसिएफसी फाइनान्सको आठ लाख तीन हजार ८८५ कित्ता र स्वदेशी लघुवित्त वित्तीय संस्थाको एक लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । स्टककाअनुसार सोल्टी होटलको पनि ८६ लाख ८८ हजार २४४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।(रासस)

वि.सं.२०७४ माघ २३ मंगलवार १५:०० मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...