२५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को पहिलो खेलमा जवाफी ब्याटिङ गरेको नेपाललाई दोस्रो झड्का लागको छ ।
नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्कालाई गुमाएको हो । खडकाले ३५ रनको सामना गर्दै १९ रन बनाएर आउट भएका हुन् । उनलाई सिजी विलियम्सले आउट गराएका हुन् । नेपालले पििहलो विकेटको रुपमा दिलिप नाथलाई शुन्य रनमा गुमाएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिवियाले ३४ ओभर २ बलमा बलमा अलआउट हुँदै १३८ रनमा समेटिएको थियो ।
वि.सं.२०७४ माघ २५ बिहीवार ११:२६ मा प्रकाशित



























