back
CTIZAN AD

विवाह खर्च कटौती गरेर नेपाल क्यान्सर केयर फाउन्डेसनलाई सहयोग

वि.सं.२०७४ माघ २५ बिहीवार

795 

shares

२५ माघ, काठमाडौँ । नवविवाहित पन्त दम्पतीले विवाहमा खर्च हुने रकम सामाजिक सेवामा लगाएको छ । सुदिज्ञ पन्त र सविना पोखरेलले आफूहरुले विवाहमा लाग्ने सम्पूर्ण खर्च कटाएर नेपाल क्यान्सर केयर फाउन्डेशन र पुण्यार्जन फाउन्डेशनलाई रु २०/२० लाख सहयोग गरेका हुन् ।

यहाँ आज आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्ययाधीश दीपकराज जोशीले यस्तो कार्यलाई अभियानका रुपमा विकास गरी सबैलाई उत्प्रेरित गर्नुपर्ने धारणा राखे । सुदिज्ञका पिता वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले सामाजिक रीतिरिवाजमा हुने खर्च सामाजिक काममा लगाउन सके समाजमा सकारात्मक परिवर्तन र जनतामा सहयोगको भावना विकास हुने भएकाले परोपकारी संस्थालाई सहयोग गरिएको बताए ।

पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले परम्पराका नाममा लाखौँ खर्च गर्ने संस्कार बढ्दै गएका अवस्थामा परोपकारी कार्यले सबैमा सकारात्मक सन्देश जाने बताए ।

विशेषगरी स्त्रीरोग तथा पाठेघरको अर्वुदरोगका क्षेत्रमा काम गरिरहेको नेपाल क्यान्सर केयर फाउन्डेशनका सदस्य डा सरिता घिमिरे र पुण्यार्जन फाउन्डेशनका अध्यक्ष डा सुशील कोइरालाले यस्ता सहयोगले सामाजिक कार्यमा लाग्न थप हौसला मिलेको बताए । सो अवसरमा आइकेयर नेपालले दुवै संस्थालाई ५०० अष्ट्रेलियन डलर सहयोगको घोषणा गरेको थियो ।

वि.सं.२०७४ माघ २५ बिहीवार १४:५१ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...