Logo
२३ श्रावण २०७९, सोमबार
     Mon Aug 8 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली प्रतिनिधि मण्डलबाट एनआरएनए अध्यक्षसंग भेटघाट



कुमारबज्र, टोकियो
जनवरी २८ तारिख २०१८ मा जापानको टोकियोस्थित इकेगामि काइकान हलमा वर्ल्ड नेवाः अर्गनाइजेशन जापानको आयोजनामा र विभिन्न संघसंस्थाको सहयोगमा सम्पन्न भएको ‘नेवाः फुड फेस्टिभल २०१८’ मा सहभागी हुनको लागि जापान आइपुगेका नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्य तथा मञ्चका संयोजन समितिका सदस्य एवंम सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्षद्वय निरञ्जनरत्न शाक्य तथा एकीकृत वस्ती पुन निर्माण अभियानका संयोजक मचाराजा महर्जनको टोलीले गैरआवासीय नेपाली संघ ( एनआर एनए) का अध्यक्ष भवन भट्टसंग भेटघाट गरेको छ ।

नेपालमा गएको भूकम्प पछि काठमाण्डौका पुराना वस्तीहरु अत्यन्त नाजुक स्थितिमा रहेको र उक्त पुरानो वस्तीलाई व्यवस्थित गरि परम्परागत नेवार सैलीमा पुनस्निर्माण गर्न लागेको बारेमा जानकारी दिंदै एकीकृत वस्ती पुन निर्माण अभियानका संयोजक मचाराजा महर्जनसंग बिस्तृत छलफल भएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लाप्राकमा एकीकृत वस्ती निर्माण गरिरहेको र काठमान्दौंमा निर्माण हुन लागेको एकीकृत वस्ती पुन निर्माण अभियानलाई सक्दो सहयोग गर्न एनआरएनए तयार रहेको अध्यक्ष भट्टले बताए ।काठमाडौँको भूकम्पग्रस्त पुरानो बस्तिहरुमा भ्रमण गर्ने बाचा गर्दै उक्त भेटघाट सम्पन्न भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बैंकहरुमा देखिएको तरलता अभावको बाबजुत बैंकहरुको नाफामा बढोत्तरी आएको छ । सञ्चालनमा

काठमाडौं । अबैधरुपमा लुकाएर डलर, युरो र पाउण्ड विदेश लैजान लागेको अवस्थामा एक व्यक्ति

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा