विजय थापा, २८ माघ । टेक्सास राज्यको ड्यालसमा स्थापित सामाजिक सँस्था एचडीएनपी इन्टरनेसनलको शाखा एचडीएनपी नेपालले पशुपति परिसरमा यत्र तत्र सर्बत्र मागेर जीविको पार्जन गर्ने तथा घरबार बिहिन लाई खाधान्न वितरण गरेको छ ।
एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले करिव २ सय ५० भन्दा ज्यादा लाई खाधान्न वितरण गरेको जनाएका छन् । हाल संस्थाका संचालक आचार्य नेपाल भ्रमणमा रहेको समयमा भिक्षा माग्ने जोगी,असहाय ,घरबार बिहिन ,दुखिलाई शिव रात्रिको अवसरमा खाधान्न वितरण गरेको हो ।
हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई बिशेष सहयोग प्रदान गर्दै आएको छ । यसै क्रमलाई निरन्तरता दिएको आचार्यले जनाएका छन् । पशुपतिनाथमा खाधान्न वितरणको समयमा खुशी बाढ्न सकियोस भन्दै नाचगान समेत गरिएको थियो ।
टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापनाकाल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको छ ।
खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।
हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।
वि.सं.२०७४ माघ २८ आइतवार ०४:०८ मा प्रकाशित






























