back
CTIZAN AD

पैसा कमाउन विदेश नै जानु पर्दैन

वि.सं.२०७४ माघ २८ आइतवार

933 

shares

गोपालप्रसाद पोखरेल, पथरी । दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत भएका छन् ।

एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन् । २०६७ सालदेखि एक माउ भैँसीबाट पशुपालन शुरु गरेका चोङवाङले अहिले आफँैले उत्पादन गरेको १२० लिटर दूध बिक्री गर्दै आएका छन् । उनले वार्षिक रुपमा बिक्री गर्ने सय ट्र्याक्टर गोबरमल प्रतिट्र्याक्टर रु तीन हजारका दरले बिक्री गर्दै आएको बताए ।

चोङवाङले गाउँमा आफँै रोजगारीको सृजना गर्ने विचारले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गरे । उनले अहिले आफ्नै चार बिघा जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा पाँच जनालाई रोजगारी दिनु भएको छ । सो केन्द्रमा अहिले नौ माउ भैँसी र पाँच माउ गाई छन् । व्यवसायलाई बिस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र ६ वटा पाडी पालेका छन् । रु दश लाखको लगानीमा शुरु गरेको व्यवसायमा हाल रु २० लाख लगानी पुगिसकेको चोङवाङको भनाइ छ ।

उनले मासिक रुपमा रु एक लाख ४० हजारको दुग्ध बिक्री गर्ने गरेको बताउनुहुन्छ । उहाँ मात्र होइन ३ वर्ष मलेसियामा काम गरेर फर्किनुभएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीेले बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परिवार नै मिलेर दुईवटा बाख्राबाट बाख्रा फारम खोल्नुभएका सुवेदी परिवारले अहिले १०० वटा बाख्रा पाल्न थाल्नुभएको छ । उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा सुधार आएको छ । आफू विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा अपनाउन उनी आग्रह गर्छन ।

सुवेदीले बाख्रापालन सँगै दुई जनालाई रोजगारीसमेत दिएका छन् । अरूले कृषि पेशा गरेको सुनेको आधारमा आफूले पनि व्यवसाय थालनी गरेका सुवेदीले फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्न हुने र चार महिनामा १८ किलोसम्म पुग्ने गरेको बताए । बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भएता पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ । उनी मात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर चारसय व्यावसायिक पशुफार्म सञ्चालित छन् ।

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ । त्यस्तै १४ भँैसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन् । त्यस्तै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ ।  फाईल फोटो

वि.सं.२०७४ माघ २८ आइतवार ०४:२८ मा प्रकाशित

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

नारायणगढ (चितवन) । परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस...