back
CTIZAN AD

नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

वि.सं.२०७४ माघ २८ आइतवार

717 

shares

२८ माघ,भक्तपुर । नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १० हजारको पहिचान हुन बाँकी रहेको बताए ।

एचआईभी पहिचान भएकामध्ये ८५ प्रतिशतलाई यौन सम्बन्ध कै माध्यमबाट संक्रमण भएको बताउँदै उनले युवा पुस्तामा असुरक्षित यौन सम्बन्ध बढ्दै गएकाले युवालाई कण्डम प्रयोगबारे चेतना दिनुपर्नेमा जोड दिए  ।

पत्रकार सम्मेलनमा शुरुवात संस्थाकी कार्यकारी निर्देशक राजेश दीदीयाले सरकारले संचालन गरेको देशभरका ६७ वटा एआरटी सेन्टरमा १३ हजार संक्रमितले औषधि सेवन गरिरहेको बताए । उनका अनुसार भक्तपुरमा मात्रै एक हजार १०० एचआईभी संक्रमित रहेका छन् ।

निःशुल्क एड्स परीक्षण

अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा शुरुवात संस्थाले एचआईभी एड्सको निःशुल्क परीक्षण गर्ने भएको छ । १३ फ्रेबुअरी अर्थात शिवरात्रिका दिन फागुन १ गते भक्तपुरको दरबार स्क्वायरमा निःशुल्क एचआइभीको परीक्षण गरिने भएको शुरुवात संस्थाका कार्यकारी निर्देशक दीदीयाले जानकारी दिए ।

अत्याधुनिक प्रविधिको मेशिनले विशेष भ्यानमा राखेर परीक्षण गरिने उनले जानकारी दिए । भक्तपुरमा मात्रै दैनिक १० हजारभन्दा बढी कण्डमको खपत हुने जानकारी दिँदै उनले त्यसैलाई मध्यनजर राख्दै फागुन १ गते दरबार स्क्वायर र तौमढी पाँचतले मन्दिर परिसरमा निःशुल्क कण्डम वितरण गरिने बताए ।

साथै, युवालाई मनोरञ्जनबाटै कण्डमको प्रयोग गर्न चेतना फैलाउने उद्देश्यले फागुन १ गते दिउँसो दरबार स्क्वायरमा सांगीतिक कार्यक्रम (लाइभ म्युजिकल कन्सर्ट) गर्ने भएको छ । गायक सौगात राई, एड्रियन प्रधानलगायत चर्चित व्याण्डले विभिन्न सांगीतिक प्रस्तुति राख्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।  (रासस)

वि.सं.२०७४ माघ २८ आइतवार १४:४८ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...