रमेश कंडेल, युगाण्डा । गैर आवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको रक्त दान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
एनआएनए युगाण्डाले ११ फरवरीका दिन आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बिश्वब्यापी रक्तदान कार्यक्रम अभियान चलाउदै हिडेका अर्जुन प्रसाद मैनालीको बिशेष आतिथ्यता रहेको थियो ।
रक्तदान गर्नु र रक्तदातालाइ उत्साहित गर्नु मात्र मैनालीको उद्धेश्य अनुसार मैनालीले १६१ औ पटक रक्तदान गरि नयाँ रेर्कड कायम गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपालीहरुले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जीबनमा कमसेकम एकपटक रक्तदान गर्न अनुरोध गर्दै प्रेरणादायी कार्यक्रमका लागि धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी ब्लड बैंक युगान्डाका समेत प्रमुख मुगिसा विलियम र मैनाली, रक्तदातालाई तथा बिभिन्न मेडियाबाट युगाण्डका नागरिकलाइ समेत रक्तदान गर्न उत्प्रेरित गर्ने मनतब्य दिएका थिए ।
कार्यक्रममा बोल्दै अफ्रिकी मुलुक युगान्डामा बर्सेनि हजारौं मान्छे रगत अभावकै कारण मर्ने गर्छन । त्यसो नहोस भनेर तथा युगान्डामा कार्यरत नेपालीहरु पनि युगाण्डियन नागरिकको साथ छौं भनेर आभास गराउनको लागि सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष राजमणी भन्डारीले भने ।
न्यून संख्यामा नेपाली रहेको ठाउँमा यति भब्य कार्यक्रम गरिनु गौरबमय तथा प्रेरणादायक रहेको भन्दै पाकिस्तानी तथा ईन्डियन संघले कार्यक्रम स्थान मै आएर बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रमबाट उत्साहित स्थानीय संचार माध्यमले समेत महत्वका साथ समाचार सम्प्रेषण गरेको थिए ।
कार्यक्रम एजेन्डा पारित भएदेखि अहिलेसम्म सक्रिय भूमिका निर्बाह गर्ने पूर्बअध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतका साथिहरुप्रती अध्यक्षले आभार प्रकट गरेका थिए ।

झण्डै १०८ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा १०१ जनाले रक्तदान गरेका थिए भने ७ जनाले कार्यक्रममा अयोग्य ठहरिएका थिए । जसमा १७ जना नेपाली र अन्य पाकिस्तान, अरब मुलुक, इन्डिया लगायत ठूलो मात्रामा स्थानीय रक्तदाताहरुको सहभागिता रह्यो । रक्तदातालाइ टिसर्ट, जुस, पानी, खाना तथा सर्टिफिकेट समेत प्रदान गरिएको थियो भने स्थानीय दातालाइ गाडीभाडा पनि उपलब्ध गराइएको थियो ।
आयोजकका तर्फबाट विभिन्न सन्चार माध्यम, ब्लड बैंक तथा रेडक्रसलाई समेत धन्यवाद ज्ञापन गर्दै अन्तमा रक्तदाता मैनालीलाई बिदाइ गर्दै कार्यक्रम समापन भएको थियो ।
वि.सं.२०७४ माघ २९ सोमवार ०५:२४ मा प्रकाशित



























